बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राष्ट्रियताको पक्षमा अडिग हुँदा पार्टी फुट्यो : देव गुरुङ

राष्ट्रियताको पक्षमा अडिग हुँदा पार्टी फुट्यो : देव गुरुङ


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

तनहुँ/ नेकपामा ओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा फुटाउनेलाई राष्ट्रियता विरोधीको संज्ञा दिएका छन् । उनले पार्टीमा समस्या सिर्जना हुँदा माओवादी केन्द्र राष्ट्रियताको पक्षमा अडिग भएकै कारण नेकपा फुटेको बताए ।

तनहुँको फिरफिरेमा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका गुरुङले केपी शर्मा ओलीले पार्टी र संसद विघटन गरेर गम्भिर गल्ती गरेको जनाए । ‘राष्ट्रियताको मुद्धामा अडान लिएर विदेशी सेनालाई प्रवेश नदिदाँ पार्टी तोडफोड भयो । एमसीसी पारित गरेर विदेशी सेना ल्याउने प्रयास संसदबाट विफल भएपछि संसद नै भंग गरिदिए’,उनले गुरुङले अगाडी भने, ‘सदन किन भंग गरे त ? राष्ट्रियताको मुद्धा उठाएकै कारणले ।’

सम्बोधनको अधिकांश समय नेकपा एमाले र केपीशर्मा ओली विरुद्धमा खर्चिएका गुरुङले ओली नेतृत्वको सरकारले भ्रष्टचार, दलाल र विदेशी पुँजीवादीको संरक्षण गरेको आरोप लगाए । उनले देश र जनताको पक्षमा ओली सरकारले केही पनि गर्न नसकेको ठोकुवा गर्दै पाँच दलीय गठबन्धन राष्ट्रियता पक्षधरको समूह भएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->