बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका २ स्थानीय तहमा अधिवेशन हुन सकेन

तनहुँका २ स्थानीय तहमा अधिवेशन हुन सकेन


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

तनहुँ/ नेपाली कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत शनिबार तनहुँका आठ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदान प्रकृयाबाट नेतृत्व चयन भएको हो ।

भिमाद नगरपालिकामा भने सहमतीका लागी आईतबारसम्मका लागी अधिवेशन स्थगित भएको छ । भिमादको नगर सभापतिमा रामकृष्ण राना र अर्जुन श्रेष्ठ दावेदार छन् ।

ऋषिङ गाउँपालिकामा मतदान भईसकेपछि अधिवेशन स्थगित भएको स्रोतले जनाएको छ । सोमबारसम्मका लागी ऋषिङको अधिवेशन स्थगित भएको नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत भएका छन् । उनको विरुद्धमा कसैको उम्मेद्वारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । अरु पदमा भने निर्वाचन भएको छ । दुई सय २९ मतदाता रहेकोमा दुई जना अनुपस्थित भए ।

व्यास नगरपालिकामा चार सय ३२ मत खसेको छ । चार सय ४४ मतदाता रहेका थिए । शनिबार साँझ मतदान सम्पन्न भएको हो । मत परिणाम आईतबार विहानसम्म आउनेछ । व्यास नगर समितिको सहसचिवमा किशोरराज खनाल र मानबहादुर रुचाल निर्विरोध निर्वाचित भएका छन् ।सहसचिवमा माधव न्यौपाने र पविन्द्र भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु सर्वसम्मत भएका हुन् ।

म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । उनका निकटम प्रतिष्पर्धी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् । सभापति पदमा विजयी घिमिरेले एक सय नौ मत ल्याउँदा प्रत्यासी खनालले ३९ मत ल्याए । अधिकांश उम्मेद्वार संस्थापन पक्षका विजयी भएका हुन् । म्याग्देमा संस्थापन देउवा पक्ष मानिने शंकर भण्डारी र धुर्व वाग्लेको संयुक्त प्यानलसँग बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदिप पौडेलको प्यानल भिडेका थिए ।

नेपाली कांग्रेस आँबखैरेनी गाउँ कार्यसमितिको सभापतिमा विष्णु पन्त निर्वाचित भएका छन् । अधिवेशन अन्र्तगत शनिबार भएको मतदानमा अर्का उम्मेद्वार प्रितम गुरुङलाई पराजित गर्दै पन्त सभापति बनेका हुन् । विजयी पन्तको ५६ र प्रत्यासी गुरूङको ४९ मत प्राप्त भएको । पन्त केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् ।

बन्दिपुरको गाउँपालिकाको सभापतिमा कर्ण खत्री निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खत्रीले ६७ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिका प्रतिस्पर्धी वैश गुरुङले ४५ मत प्राप्त गरे । एक मत बदर भएको थियो । सभापतिमा निर्वाचित खत्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् ।

देवघाट गाउँ कार्य समितिको सभापतिमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा अर्जुन अधिकारी पछाडी हटेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । थापा कांग्रेसको युवा नेता पूर्णबहादुर गुरुङ निकट मानिन्छन् ।

भानु नगरपालिकामा दुई सय ७१ मत खसेको छ । सभापतिको प्रतिष्पर्धामा रामकुमार श्रेष्ठ र नविनराज दाहाल छन् । समाचार तयार पार्दसम्म अन्तिम मतपरिणाम आएको छैन् ।

घिरिङ गाउँपालिकाको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित भए । थापा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->