मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अन्नपूर्ण र रुपामा सर्वसम्मत, माछापुच्छ्रे र मादीमा निर्वाचन

अन्नपूर्ण र रुपामा सर्वसम्मत, माछापुच्छ्रे र मादीमा निर्वाचन


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

पोखरा/ गाउँपालिका स्तरीय अधिवेशनमा अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत चयन भएका छन् भने माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनबाटै कार्यसमिति चयन भएको छ ।

अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारुी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी ५५ सदस्यीय कार्यसमिति सदस्य पनि सर्वसम्मत भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस नेता युवराज कुँवरले बताए ।

उता, रुपा गाउँपालिकामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । कांग्रेस रुपाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । बाँकी ३५ जना सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कांग्रेस रुपा गाउँपालिका अधिवेसनका निर्वाचन अधिकृत दिनेश लामिछानेले बताए ।

कास्कीकै माछापुच्छ्रे गाउँ कार्यसमितिको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा वीरेन्द्र गुरुङ सभापति निर्वाचित भएका छन् । उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।

मादी गाउँपालिका कार्यसमितिको अधिवेसनमा सभापति पदका लागि यमबहादुर गुरुङ र देवीजंग गुरुङ, सचिवमा ३ जना र सहसचिवमा ६ जना उम्मेदवार छन् । मादीमा कार्यसमिति सदस्यमा सर्वसम्मत भएपनि पदाधिकारीमा निर्वाचन भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->