मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कास्की कांग्रेसमा कहाँ को निर्वाचित ?

कास्की कांग्रेसमा कहाँ को निर्वाचित ?


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

पोखरा/ नेपाली कांग्रेसको स्थानीय तह स्तरीय कार्यसमितिको अधिवेशन शनिबार सकिएको छ । अधिवेशनबाट केही स्थानीय तहमा सर्वसम्मत कार्यसमिति चयन भएका छन् भने केहीमा निर्वाचन भएका छन् ।
पोखरा महानगर समितिमा नेतृत्व छनौटका लागि निर्वाचन भएको छ भने कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । यस्तै, मादी गाउँपालिकामा पदाधिकारी र माछापुच्छ«े गाउँपालिकामा पदाधिकारी र सदस्यमा समेत निर्वाचन भएको कास्की काँग्रेसले जनाएको छ ।

पोखरा महानगरको सभापति पदका लागि सुरेन्द्रमान विजुक्छे, गंगाधर पराजुली, ज्योति हमाल, मिलन तिवारी, रामराज लामिछाने र मोहन बास्तोला उम्मेदवार रहेका छन् ।
नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले दावी पेश गरेका छन् । सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले मनोनयन पेश गरेका छन् । सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, संजय आले र संघर्ष कोइरालाले मनोनयन पत्र बुझाएका छन् । काग्रेसमा कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ ।
पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी बिमलले जानकारी दिए । उनका अनुसार शनिबार रातीदेखि मतगणना शुरु भएको छ । मतगणना सकिएपछि आइतबार विहान मात्र मतपरिणाम घोषणा गर्ने तयारी गरेको बिमलले बताए ।

उता, अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारुी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी ५५ सदस्यीय कार्यसमिति सदस्य पनि सर्वसम्मत भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस नेता युवराज कुँवरले बताए ।

उता, रुपा गाउँपालिकामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । कांग्रेस रुपाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । बाँकी ३५ जना सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कांग्रेस रुपा गाउँपालिका अधिवेसनका निर्वाचन अधिकृत दिनेश लामिछानेले बताए ।

कास्कीकै माछापुच्छ«े गाउँ कार्यसमितिको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा वीरेन्द्र गुरुङ सभापति निर्वाचित भएका छन् । उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।

मादी गाउँपालिका कार्यसमितिको अधिवेसनबाट यमबहादुर गुरुङ सभापति निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी देवीजंग गुरुङलाई १ मतले पछि पार्दै यमबहादुर सभापति निर्वाचित भएका हुन् । यस्तै, उपसभापतिमा कृष्णचन्द्र बराल र लिलामोहन कुँइकेल, सचिवमा भोजबहादुर गुरुङ र देवीजंग गुरुङ, सहसचिवमा तेजेन्द्र रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->