बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित

ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

तनहुँ/ शनिबार तनहुँका ८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगीत गरियो । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको हो ।
भिमादमा सहमतीको प्रयास गर्ने भन्दै आईबारसम्मका लागी स्थगीत अधिवेशन अझै हुन सकेको छैन् । भिमाद माआईतबार पनि अधिवेशन सम्पन्न हुन सकेन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएको एक नेता जानकारी दिए ।

उता ऋषिङमा भने मतदान सुरु भईसकेपछि अधिवेशन स्थगित गरिएको खुलासा भएको छ । ऋषिङको ढुंगागाडे सामुदायिक भवनमा अधिवेशन भएको थियो । सर्वसम्मत नभएपछि मतदान प्रकृयामा गएको र १२ मत खसेपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत कृष्णप्रसाद बरालले बताए । सोमबार विहान १०ः१५ बजेसम्मलाई निर्वाचन स्थगित गरिएको उनले जानकारी दिए ।

बरालका अनुसार शनिबार साँझ ५ बजेसम्म सहमतीमा नेतृत्व चयन गर्ने समय दिईएको थियो । अरु पदमा सर्वसम्मत भएपनि सभापति र सचिवमा हुन सकेको थिएन् । सभापतिमा भोजराज रानाभाट, तिलबहादुर थापा र दानबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ । सचिवमा सुरजकुमार श्रेष्ठ, विजय दरै, शुभसुन प्रयास राना र लालबहादुर थापाले उम्मेद्वारी दिएका थिए । सभापति र सचिव पदमा सर्वसम्मत नभएपछि मतदान प्रकृया सुरु भएको हो ।
‘सहमती हुन नसकेपछि निर्वाचन प्रकृया अगाडी बढाईयो । १२ मत खसेको थियो । त्यसपछि ऋषिङका तरुण युवाहरुले सर्वसम्मत गराउनुपर्छ, यसरी चुनावमा जादा नकरात्मक सन्देश जान्छ । गुट उपगुट सिर्जना हुन्छ भनेर तरुण युवाले बाहिर मतदातालाई एकछिन रोक्किनुस भन्नुभयो । मतदाता भित्र मतदान गर्न आउनु भएन् । डेढ घण्टा जति मतदान रोकियो’, उनले अगाडी थप्दै भने, ‘त्यसपछि हामीले पार्टीका अग्रज र उम्मेद्वार बोलाएर की सहमती गराउनुस होईन भने निर्वाचन गर्न दिनुस भन्याँै । झण्डै ७ बजेको थियो होला निर्वाचन गराउनुस भन्नुभयो । त्यो समयमा निर्वाचन अगाडी बढाउन उपयुक्त ठानेनौँ । र सोमबार १० बजेसम्म सहमतीका लागी समय दिएको छौँ । १० ः १५ बजे पछि मतदान सुरु हुनेछ ।’

सभापतिका उम्मेद्वार रानाभाट बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । श्रेष्ठ र थापा शंकर भण्डारी अर्थात संस्थापन पक्ष निकटका हुन्् । एउटै खेमाका दुई उम्मेद्वार भएर परिणाम पौडेल पक्षमा जाने देखिएपछि भण्डारी निकटका तरुण युवाले सहमतीको वहानामा मतदान रोकेको स्रोतले बताएको छ ।

तर, सभापतिका उम्मेद्वार श्रेष्ठ भने गुटबन्दी भएपछि तरुण युवाले मतदान रोकेको दाबी गर्छन् । उनी भन्छन्, ‘निर्वाचनको प्रकृयामा गुटबन्धी देखिएपछि ऋषिङका आठ वटै वडाका तरुणदलले गुटबन्दी गर्न पाईदैँन, पार्टीलाई मिलाएर सर्वसम्मत रुपमा लैजानुपर्छ भनेर अवरोध गरेका हुन्।’

आफु पक्षका तरुण युवा मतदान रोकेर अधिवेशन स्थगित गराउने पक्षमा नरेहेको सभापतिका अर्का उम्मेद्वार रानाभाटको प्रस्टोक्ति छ । ‘जसरी पनि आफ्नो पोल्टामा पार्ने हिसाबले स्थगित भएको छ’, रानाभाटले भने । उनले ऋषिङ कांग्रेसमा अहिलेसम्म गुट नदेखिएपनि शनिबारको घटनाले गुटबन्दी गरेको आरोप लगाए । मतदान अगावै सहमतीका लागी अग्रज नेताबाट प्रयास नगरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->