तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमाले छाडेर एकिकृत समाजवादी पार्टीमा लागेकाहरु फेरी मुल घरमा फर्कने बताएका छन् । उनले नेपाली कम्युनिष्ट आन्दोलनको मुलघर एमाले भएकाले समाजवादीमा गएकाहरु फर्कने दाबी गरे । ‘नयाँ घर सर्ने प्रयत्न गरिरहेका छन् । उहाँहरु फर्कनुहुन्छ । हामी स्वागत गर्छौँ । नेकपा एमालेको ढोका बन्द छैन, खुला छ । तपाईहरु जुनसुकै बेला पनि फर्केर आउन सक्नुहुन्छ । गल्ती स्विकार गरेर आउनुहुन्छ भने स्वागत गर्न तयार छौँ’, नेता गुरुङको अनुरोध छ ।
आईतबार भिमादमा भएको बृहत भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका इञ्चार्ज समेत रहेका उनले माधव नेपालको एकिकृत समाजवादी पार्टी पार्टी नभएर पाटी भएको जिकिर गरे । ‘पहिला जमानामा पाटी भनेको यात्रीहरुले बास बस्ने ठाउँ हुन्थ्यो । त्यस्तै पाटी तपाईले बनाउदै हुनुहुन्छ । त्यो पाटीमा गएर कोही पनि बस्नेवाला छैनन् । अहिले त्यहाँ गएका दुई चार दिनपछि आफ्नो मुलघरमा फर्कनेछन्’, उनले दाबी गरे ।
नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेलाई कम्युनिष्ट आन्दोलनको केन्द्रबिन्दु बनाउनुपर्नेमा जोड दिए । वैचारिक हिसाबले पार्टी शुद्धीकरण गर्नुपर्ने उनको भनाई छ । ईतिहासका घटनाबाट पार्टीले पाठ सिक्नुपर्ने तर कमजोर र निराश हुन नपर्ने नेपालीले बताए ।
प्रतिनिधीसभा सदस्य एवम एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले एमालेसँग एक्लै भिड्न नसकेर पाँच दल मिलेर गठबन्धन गरेर जनाए ।
नेकपा एमालेका नगर कमिटि अध्यक्ष ईमानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देल, एमाले नेता दधिराज सुवेदी, रमेश आचार्य, धर्मराज खनाल, मेखबहादुर थापा, उमाकान्त श्रेष्ठ लगायतले बोल्दै पार्टी अब झनै मजबुद भएको हो ।





