बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राजदूत घुमाउन पदमार्ग सरसफाइ

राजदूत घुमाउन पदमार्ग सरसफाइ

विश्व पर्यटन दिवसका अवसरमा  सेप्टेम्बर २७ (असोज ११) गते पोखरा आसपासका पदमार्गमा विभिन्न देशका राजदुतसहित विदेशी नियोगका प्रमुखहरुलाई पदयात्रा गराउने कार्यक्रम छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७८, सोमबार

पोखरा/ ४२ औं विश्व पर्यटन दिवसका अवसरमा विभिन्न देशका राजदुतलाई पदयात्रा गराउन पर्यटन मजदुरलाई पदमार्ग सरसफाइमा खटाइएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग मिलेर लकडाउनका कारण बेरोजगार बनेका पर्यटक गाइड तथा पोर्टरलाई सरसफाइमा खटाएको हो ।
पोखराको कास्कीकोटमा एक कार्यक्रमको आयोजना गरी पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले सरसफाइ अभियानको शुरुवात गरे । सो अवसरमा सरसफाइमा हिडेका ६ महिलासहित ३० जना गाइड तथा पोर्टरलाई सरसफाइ सामग्री हस्तातरण गरिएको थियो ।

विश्व पर्यटन दिवसका अवसरमा यही सेप्टेम्बर २७ (असोज ११) गते पोखरा आसपासका पदमार्गमा विभिन्न देशका राजदुतसहित विदेशी नियोगका प्रमुखहरुलाई पदयात्रा गराउने कार्यक्रम तय भएको छ । पर्यटन बोर्डका अनुसार युएई, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलङ्का, साउदी अरब, कोरिया, इजिप्टलगायतका देशका राजदूत पदयात्रामा आउनेछन् ।

यस्तै, सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय संयोजक, इसिमोटका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुखहरु पदयात्रामा सहभागी हुने पर्यटन बोर्डले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअन्तर्गत जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा दैनिक एक हजार रुपैया दिनेगरी पर्यटन मजदुरलाई पदमार्ग सफाइमा खटाइएको छ । भत्किएका पदमार्ग मर्मत सम्भार र सरफाइका लागि विभिन्न चरणमा २ सय जना पर्यटक खटाइने पर्यटन बोर्ड गण्डकीका प्रमुख भण्डारीले बताए ।

कास्कीकोटबाट शुरु भएको सफाई अभियान नौडाँडा–कास्कीकोट–सराङकोट–मेथलाङहुँदै पोखराको जरेबरमा समापन हुनेछ । उक्त अभियान १० दिनसम्म चल्ने जनाएको छ । यस्तै, लेकसाइडदेखि पञ्चासेसम्म र मर्दी पदमार्ग पनि सरसफाइ गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->