बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कोरियाले यातायात र तथा युएनडीपीले दीगो विकासमा सघाउने मुख्यमन्त्रीको आशय

कोरियाले यातायात र तथा युएनडीपीले दीगो विकासमा सघाउने मुख्यमन्त्रीको आशय


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार

पोखरा/  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेमोसँग भेटवार्ता गरेका छन् ।

भेटको क्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनायो भने दक्षिण कोरियाबाट पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो ।
भेटको क्रममा पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताए । नेपालीका थप युवालाई रोजगारी दिने बारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको उनले सुनाए ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाहरुले आय आर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरको रुपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गरेको बताए । उनले भने, ‘नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया एक बलियो साझेदार हो, शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जा जस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग छ ।’

उता, युएनडीपीकी नेपाल प्रतिनिधि आसायनी मेडागंगोडा लाबेमोले गरिबीको रेखामुनि रहेका गण्डकीका २ लाख नागरिकलाई सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने बताइन् । उनीहरुलाई दैनिक कम्तीमा २ सय रुपैयाँ आम्दानी गर्ने बनाइने उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि जुन परियोजनामा सहकार्य गर्न इच्छा देखाएकोमा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाए । उनले भने, ‘नव प्रवर्र्तनका क्षेत्रमा, साना तथा मझौला उद्योगको विकासमा, कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहाना छ ।’

आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरु सघाउन तयार रहेको भनाइ राखिन् । पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) आवासीय प्रतिनिधि आसायनीले पर्यटन क्षेत्रमा थप ५ हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा ६५ सय घन्टा काम दिलाउन लक्ष्य रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->