शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा कांग्रेसमा पूर्वउपभापति गोपालमानको गिर्दो साख !

स्याङ्जा कांग्रेसमा पूर्वउपभापति गोपालमानको गिर्दो साख !


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार

स्याङ्जा/ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ गृह जिल्लामै कमजोर देखिएका छन् । हालै सम्पन्न पालिकास्तरीय निर्वाचनमा उनको समूहले ११ मध्ये २ पालिकामा मात्रै जीत हात पारेको छ । उनलाई स्याङ्जामा युवा नेता राजु थापाले प्यानल बनाएर टक्कर दिएका थिए । धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चुनिए पनि ९ ठाउँमा थापाले बाजी मारेको कांग्रेस निकट स्रोतले बताएको छ । चापाकोटका र गल्याङमा मात्रै गोपालमान निकटका व्यक्ति सभापति बनेका हुन् ।

‘गोपालमान दाइ अब जिल्लामै कमजोर भइसक्नुभयो, उहाँले कसरी सभापति लड्नुहोला खै ?’,एक कांग्रेस नेताले भने,‘उहाँले समय बदलिएको बुझ्नुभएन र पछि पर्दै हुनुहुन्छ ।’
थापा आउँदो चुनावमा स्याङ्जा सभापतिका प्रत्यासी हुन् । उनी गोपालमान इतर समूहका नेता मानिन्छन् ।

यता, ११ पालिका रहेको जिल्लामा चापाकोट नगरपालिकामा सहमतिमा नगर समिति चयन भएको हो भने अन्य पालिकामा निर्वाचनको माध्यमबाट चयन गरिएको हो । चापाकोट नगरपालिकामा निर्विरोध सभापति विक्रम सारु रहने गरी नगर समिति चयन भएको हो ।

यस्तै भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी, गल्याङ नगरपालिकामा श्यामप्रसाद बस्याल, पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी, वालिङ नगरपालिकामा नेत्र पाण्डे निर्वाचनको माध्यमबाट सभापतिमा चयन भएका छन् ।

निर्वाचनले भिरकोटका अधिकारीले दिपेन्द्र क्षेत्री, बस्यालले हरि खनाल, पुतलिबजारका अधिकारीले बिक्रान्तकुमार श्रेष्ठ, पाण्डेले भुपराज बगालेलाई पराजित गरेका हुन् । यस्तै बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल र कालिगण्डकी गाउँपालिकामा नगरबहादुर थापाले जीत हात पादै सभापतिको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->