शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तिलडाँडामा बन्यो एकीकृत बस्ती

तिलडाँडामा बन्यो एकीकृत बस्ती


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार
अर्जुन चौपारी गाउँपालिका ४ राम्चेको तिलडाँडामा बनेको एकीकृत बस्ति । तस्वीर : ढोरपाटन

स्याङ्जा/ बिनासकारी भूकम्पबाट क्षति भएको स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ४, राम्चेको तिलडाडाँमा एकीकृत बस्ती बसेको छ । २०७५ साल असार ३२ गते जग्गा किनेर तिलडाँडामा एकीकृत बस्ती निर्माण थालिएको थियो । निर्माण सकिएसँगै १५ घरधुरी एकै ठाउँमा बस्ने सपना पूरा भएको छ ।

भूकम्पले क्षति भएपनि एकीकृत बस्ती बनाउन ३ वर्षसम्म अनुमति नपाएको निर्माण समितिका अध्यक्ष ज्ञानप्रसाद चापागाईंले बताए । उनले भने, ‘बस्ती स्वीकृतपश्चात पनि डिटेल प्रोजेक्ट रिपोर्ट तयार नहुँदा ढिलाइ भएको हो,’ उनले भने ।
पहिलो चरणमा योजना स्वीकृत ढिलाइ, दोस्रोमा डिपिआर नबनेको र काम थालिएलगत्तै कोरोनाको महामारी सुरु भएकाले कहर निर्माणमा असहज बनाएको चापागाईंले बताए । जिल्लामै एकमात्र भूकम्पबाट क्षति र एक जोखिम बस्ती निर्माण अगाडि बढेकोमा भूकम्पबाट क्षति भएको तिलडाँडामा एकिकृत बस्ती निर्माण भएको हो ।

२०७४ पुसमा एकीकृत बस्ती स्वीकृत भएको बताउँदै चापागाईंले काम थालेको ३ वर्षमा काम सकेको बताए । एकीकृत बस्तीमा १५ वटा घर, २ सार्वजनिक शौचालय, पक्की मोटरबाटो र एउटा पानी ट्यांकी निर्माण गरिएको छ ।
एकीकृत बस्ती नबन्दा भुकम्पका कारण क्षति एको घरमा जोखिम मोलेर पुरानै घरमा बस्नु परेको भूकम्प पीडित गंगाप्रसाद पौडेलले बताए । ‘अब असोज २१ गते नयाँ घरमा सर्ने योजना छ,’ उनले भने, ‘भूकम्पले घर भत्किँदा छिमेकीको घरमा बस्नु परेको थियो । अब भने सुविधा सम्पन्न घरमा सर्ने सपना साकार हुनेभयो ।’

निबुवाबोटको काम अन्तिम चरणमा

यस्तै, अर्जुन चौपारी ४ निबुवाबोट जोखिम बस्तीको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । जोखिमयुक्त एकीकृत बस्तीमा १० वटा घर र पानी ट्यांकीलगायतका संरचना निर्माण सकिएको निर्माण समितिका अध्यक्ष विष्णु ढकालले जानकारी दिए । उनले सडक बाटो र शौचालय बनाउन बाँकी रहेको सुनाए ।
२०७६ सालमा जोखिम बस्ती स्वीकृति पाएको र कोरोनाले समस्या बनाएपनि बस्ती निर्माणलाई अन्तिम चरणमा पु¥याएको ढकालले बताए । ‘वर्षौंदेखि पहिरोको जोखिम मोलेर रातभर जाग्राम बनेर बसेका छन् । अबको २ महिनामा त्यसले सार्थकता पाउँछ,’ उनले भने ।
तिलडाँडा र निबुवाबोट एकीकृत बस्तीका लाभग्राहीले जग्गा खरिदका लागि प्रतिघर २/२ लाख, ३/३ लाख भूकम्प प्रभावित र बस्तीको अन्य संरचना बनाउन प्रतिघर ४÷४ लाख रुपैयाँ पाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->