बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेट

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेट


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसँग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गरेका छन् । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका कारण अपेक्षाकृत काम गर्न नसकेको बताउदै जति भएको छ त्यो उपलब्धि मुलक रहेको बताइन् । देश नयाँ शासन व्यवस्थाबाट अगाडी बढेका कारण ऐन, कानून निर्माण गर्नुपर्ने र कार्यालय व्यवस्थापनमा पहिलो वर्षका समय खर्चिएको र त्यसपछि विकास निर्माण अगाडी बढाएपनि कोरोना भाइरसका कारण समस्या भएको बताइन् ।
उनले सघियताको जग स्थानीय तह भएकाले पूर्वाधार निर्माणका काम र नीति निर्माण गरेको बताउदै पोखरा कस्तो बनाउने भन्ने खाका तयार पारेको र नयाँ टिमलाई हस्तान्तरण गरिने बताइन् । कोरोनाका कारण नतिजा आउन सकेन् उनले भनिन् – ‘कठिन अवस्थामा पनि धेरै काम भएको छ । अव समय धेरै छैन् । त्रिवर्षिय योजना तयार पारेका छौ त्यो नयाँ नेतृत्वलाई हस्तान्तरण गछौँ । आवश्यकता अनुसार त्यसको कार्यान्वयन हुने छ ।’
ंसयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले पोखरालाई ग्रिन सिटिको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । पोखरालाई हरित उद्यम योजनासंग जोडनुपर्छ उनले भने,–‘त्यसका लागि युवाहरुलाई उद्यमसंग जोडनुपर्छ र गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ ।’ उनले नेपालमा लैगिंक हिंसा, निर्वाचन आयोग, मानवअधिकार लगायतका क्षेत्रमा काम गरिरहेको बताउदै पोखरा र गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->