बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका पशुसेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफुले अध्ययन गरेको बागलुङ नगरपालिका–१२ स्थित पृथ्वी हिरण्ड्य माध्यमिक विद्यालयका छात्रलाई उनले शैक्षिक सामग्री सहयोगगरेका हुन् ।
ढकालले एक बर्षका लागि आवश्यक शैक्षिक सामग्री उपलव्ध गराएको विद्यालयले जनाएको छ । कक्षा ११ मा अध्यनरत विपन्न विद्यार्थी अभिषेक नेपालीलाई शैक्षिक सामग्री सहयोग गरेको ढकालले बताए । ‘फजुल खर्च गर्न चाहिन, आँफैले पढेको बिद्यालयमा सहयोग गर्न मन लाग्यो’ उनले भने ।





