बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वार एशोसियशन बागलुङको अध्यक्षमा अखिलनाथ शर्मा चयन

वार एशोसियशन बागलुङको अध्यक्षमा अखिलनाथ शर्मा चयन


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

बागलुङ – नेपाल वार एशोसियशन बागलुङको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनले अखिलनाथ शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेसनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बलराम शर्मा, सचिवमा रमेशबहादुर खड्का, सहसचिवमा लक्ष्मी बाँस्कोटा र कोषाध्यक्षमा रामराज कँडेल रहेका छन् ।

सदस्यमा युक्तजंग राजभण्डारी, राधाकृष्ण ज्ञवाली, रामप्रसाद शर्मा, डिल्लीराज गौतम, बिष्णुप्रसाद सापकोटा, बद्रिप्रसाद शर्मा उपाध्याय र लक्ष्मी जिसी कार्की रहेको अधिबक्ता केशवराज पराजुलीले जानकारी दिए । अधिवेसनले राजुप्रसाद गौतम, केशवराज पराजुली, दिनानाथ शर्मा र सरिता केसीलाई केन्द्रिय पार्षदमा चयन गरेको छ ।

बागलुङ बारमा बिगतदेखि नै सहमतीका आधारमा प्रगतिशिल र प्रजातान्त्रिकका बिचमा समिति चयन हुदै आएको र यसपालि प्रजातान्त्रिक तर्फबाट शर्माको अध्यक्षतामा समिति गठन भएको हो ।

अध्यक्षमा चयन भएपछि शर्माले बारलाई चुस्त दुरुस्त र थप क्रियाशिल बनाउँदै सवैको सहयोग र सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । बारको अध्यक्षमा यसअघि प्रगतिशिल तर्फबाट हरिप्रसाद शर्मा रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->