बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुशासनमा अव्वल छौं : जैमिनी नगर प्रमुख पौडेल

सुशासनमा अव्वल छौं : जैमिनी नगर प्रमुख पौडेल


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका काम र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाई गरेको छ । पालिका स्तरबाट भएका कामका बिषयमा सर्वसाधारणमा रहेका सन्तुष्टी र असन्तुष्टीबारे बुझ्न बिहिबार सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको जवाफ दिँदै नगरप्रमुख इन्द्रराज पौडेलले जैमिनी नगरपालिका गण्डकी प्रदेशकै पाँचौं सुशासन कायम गर्न सफल पालिका भएको दाबी गरे । बिधि बिपरितका काम नगरपालिकाले नगरेको भन्दै पौडेलले प्रमाणसहित अनियमितता भएको जुनकुनै काम फेला पारे तत्काल कारवाही गरिने समेत उल्लेख गरे ।

सहभागिले अनुमगन नै नगरी योजनाको भुक्तानी हुने गरेको, विषयगत शाखाका भेला, बैठक र गोष्ठीहरु कर्मचारी र जनप्रतिनिधि अनुकुल हुने गरेको, बजार अनुगमन कर्मकाण्डी भएको लगायतका सवालहरु उठाएका थिए ।
त्यस्तै सडकको दुरावस्था, सवारी सधानले लिने मनलाग्दी भाडा, सुकुम्वासी समस्या, रोजगारी र कृषि तथा पशुपालनका क्षेत्रमा भएको लागानीबाट प्रतिफल नआएको बिषय समेत सहभागीले उठाए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रको पार्टीका पुणेन्द्र सापकोटा, राष्ट्रिय जनमोर्चाका नेता ठाकुर प्रसाद शर्मा, माओवादी केन्द्रका शोभा प्रसाद शर्मा, नेपाली कांग्रेसका प्रेम प्रसाद सापकोटा र नेकपा एमालेका नेता रुद्र आचार्य लगायतले बोलेका थिए । कुश्मीशेरा बजारमा जडान भएको सडकवत्ति, बिपत् व्यवस्थापन समितिले वितरण गरेको पाईप, बाढी पहिरोको जोखिम र क्षतिमा नगरको भूमिका लगायतका बिषयमा सवालजवाफ भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->