शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दुध र कुखुराबाट मासिक ८ लाख रुपैयाँ आम्दानी

दुध र कुखुराबाट मासिक ८ लाख रुपैयाँ आम्दानी


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७८, शुक्रबार

म्याग्दी / १० वर्ष अरबको खाडीमा पसिना बगाउँदा पनि सोचेजस्तो उपलब्धि नभएपछि स्वदेशमै सम्भावना देखेर गाउँ उनी गाउँ फर्किए । म्याग्दीको बेनी नगरपालिका ७, कुरिलाखर्कका फर्किएका ३७ वर्षीयसुरेश ढुंगानालाई पछि अमेरिका जान साथीहरुले नउचालेका पनि होइनन् । तर, उनी लहैलहैमा लागेनन् ।

अमेरिकाजस्तो सम्पन्न देशमा जाँदिन भन्ने जवाफ दिँदा साथीहरुले ढुंगानालाई उडाए । बुद्धि नभएको भने । तर,उनी आफ्नो निर्णयमा अडिग रहे । अनि सुरु गरे भौंसीपालन व्यवसाय ।अहिले उनको गाई, भैंसीको गोठ र कुखुराको खोरलाई नै ‘अमेरिकी डलर सटही काउन्टर’जस्तै भएको छ ।

८ वर्षअगाडि ढुंगाना कृषि तथा पशुपंक्षी फर्म खोलेर व्यवसाय सुरु गरेका ढुंगानाको फर्ममा अहिले २२वटा मुर्रा जातका दुहुना भैंँसी र २ वटा जर्सी गाई छन् । ती भैंसी र गाईबाट दैनिक १ सय ५० लिटर दुध सदरमुकाम बेनीबजारमा विक्री गर्नेगरेको ढुंगाना बताउँछन् ।

दुई वटा भैसींबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानालाई मासिक ५ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सवै खर्च कटाएर मासिक करिब २ लाखको हाराहारीमा बचत हुने उनको भना छ । फर्ममा अहिले५० लाख रुपियाँ जति लगानी भइसकेको उनलेबताए ।उनले भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन् ।
‘बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैंसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याउन जान्छु,’ ढुंगानाले भने, ‘सदरमुकाम बेनीबजारमा दुध पु¥याए पछि बल्ल शरीरमा फुर्ति आउँछ ।’
प्रतिलिटर ९० रुपियाँमा दुध बिक्री गर्दै आएको ढुंगानाले सुनाए । उनले साँझ र बिहान गरी दिनमा २ पटक मोटरसाइकलबाट बेनीमा दुध पु¥याउँछन् । ‘बजारको अभाव छैन,जति पनि बिक्री हुन्छ। तर,गुणस्तरलाई खस्कन दिनुहुँदैन,’उनले भने ।

पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुंगानाले सुनाए । उनले५ रोपनी जग्गामा फर्म बनाएका छन्। २ जनालाई रोजगारीसमेत दिएका छन् ।भैंसीको स्याहारसुसारदेखि दुध दुहुने काममा आफैं खटिने उनलेले विदेशमा गएर अरुको अधिनमा रही दुख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकुल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्नसकिने बताए ।
ढुंगानाको सफलताको कथा यत्तिकैमा सकिँदैन । फापेको भैंसी पालनसँगै उनले कुखुरा पालन पनि सुरु गरेका छन् । अहिले ढुंगानाको फर्ममा २ हजार ३ सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दुध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक ८ लाख पुग्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->