बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक सय जेष्ठ नागरिक सम्मानित

एक सय जेष्ठ नागरिक सम्मानित


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७८, शुक्रबार

बागलुङ/ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसरमा बागलुङका १ सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । दैनिक यात्रा गर्दा उनीहरुलाई सास्ती पर्ने भएकोले लौरी बितरण समेत गरिएको थियो ।

दिवशको अबसरमा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । दिवशको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जेष्ठ नागरिकको सम्मान गर्न नसके सभ्य घर बन्न नसक्ने बताए । उनले हरेक घरका युवाले आमाबाबुलाई सम्मान गर्न सकेमा वृद्धाश्रम नचाहिने धारणा राखे ।
बागलुङ नगरपालिका र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा जेष्ठ नागरिक संघ बागलुङले शुक्रबार यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगरपालिका आसपासका १ सय जनालाई लौरी बितरण गरिएको हो ।

उक्त अबसरमा सहभागि अधिकांसले जेष्ठ नागरिकको सम्मान गर्दा आत्मसम्मान हुने, पुराना कुरा सिक्न पाउने र सभ्य समाज निर्माण हुने बताएका थिए ।

जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, नगरपालिकाको महिला बिकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीको संचालन र सामाजिक विकास कार्यालयका प्रमुख डम्मर जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, नेपाल पत्रकार महासंघका सचिव बिजय राना, संघका पूर्वअध्यक्ष काजीरोशन, सामाजिक अगुवा देवबहादुर श्रेष्ठ, रमेश राजभण्डारी, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->