शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पानी प-यो कि बाइक पनि गुड्दैन !

पानी प-यो कि बाइक पनि गुड्दैन !

यो सडकको ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि न त यातायातका साधनहरु सञ्चालन भए न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दियो ।


  • धुव्रसागर शर्मा
  • असोज १६ २०७८, शनिबार

म्याग्दी / गत बुधबार बेनी नगरपालिका २ बगरफाँटका गोविन्द शर्मा काम विशेषले ऐतिहासिक तथा पर्यटकीय स्थल खड्गभवानी कोट जान मोटरसाइकल चढेर बेनी—भकुण्डे मोटरबाटो हुँदै हुइँकिए ।
पर्यटकीय स्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड नमिलेको हिलाम्ये सडकमा बाइक अघि बढ्न सकेन । बाइक डो¥याएर बल्लबल्ल उकालो त पार गरे तर,करिब १० मिनेटपछि कन्थराजको थान नपुग्दै फेरि उही समस्या दोहोरियो । बिहानपख सिमसिम पानी परेकोले सडक चिप्लो र दलदले भएको थियो । केही सीप नलागेपछि बाइक छाडेर उनी हिँडेरै खड्गभवानी कोट पुगे ।

यस्तोदुख शर्माले मात्रै होइन, बेनी–भकुण्डे सडकमा सवारी साधन लिएर यात्रा गर्ने सबै यात्रुहरुले भोग्दै आएको दशक नाघ्यो । यो सडककोट्रयाक खुलेको १३ वर्ष बित्यो । तर,यो सडकमा न त यातायातका साधनहरु नै सञ्चालन भए न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दियो ।

२०६५ सालमा ट्रयाक खुलेको साढे ७ किलोमिटर दूरीको यो सडक मर्मतकै लागि अहिलेसम्म करिब १ करोड खर्च भइसकेको छ । तर, सडकको अवस्था भने झन्झन् खस्किँदै गइरहेको स्थानीयको गुनासो छ ।
बेनी–भकुण्डे सडकको ट्रयाक खुलेदेखि अहिलेसम्म ट्रयाक्टर,साना जीप र मोटरसाइकल बाहेक ठूला सवारी साधन चल्न सकेका छैनन् ।सानासाना सवारी साधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै चल्ने गरेको स्थानीय भीमबहादुर पौडेलले बताउँछन् ।

‘साना सवारी साधन वर्षका ४ महिनामात्र मुस्किलले सञ्चालन हुन्छन् । सडक बनेको १३ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक,’ पौडेलले भने, ‘मर्मत र स्तरोन्नतिका लागि १ करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकल समेत गुडाउन सकिँदैन ।’

उक्त सडकखण्डको रोहोट,े कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिँदै आइएको छ छ । तर, पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधनहरु सञ्चालन हुन नसकेकोखबराका युवा उद्यमी शोभित सापकोटाले बताए ।

बेनी नगरपालिकाको गेटदेखि हाँडेभीर,लम्भलीहिल हुँदैबेनी नगरपालिका २ भकुण्डको वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागिस्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ । बेनी नगरपालिका २ ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वनक्षेत्र रहेकोले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरेपनि सुधार हुन नसकेको सुनाउँछन् ।
सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->