बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ’

‘व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ’


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

काठमाडौं – नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला नेकपा एमालेका प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् ।
प्रदेश १ को टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताए । उनले अघि भने, ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ ।’

बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको जानकारी दिए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिए ।

समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने मत राखेका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ ।

लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउनुपर्ने बताए । प्रदेश १ का टोली नेता ढकालले पनि वरिष्ठसहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->