बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अपांग सरोकार संघ बागलुङमा चिजा थापा

अपांग सरोकार संघ बागलुङमा चिजा थापा


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

बागलुङ – अपांग सरोकार संघ बागलुङको नवौं वार्षिक साधारणसभाले चिजा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार भएको साधारणसभाले उपाध्यक्षमा होमनाथ शर्मा र सचिवमा टिकाराम सापकोटालाई चयन गरेको छ । सहसचिवमा टेकनाथ आचार्य, कोषाध्यक्ष धर्मराज आचार्य तथा सदस्य नारायण श्रीष, भिमदेवी बिक, बुद्धिमाया घर्ती र कुमार पुन रहेका छन् ।

कार्यक्रममा सहभागिले अपांगता भएका व्यक्तिहरुको अधिकार अझै सुनिश्चित नभएको बताए । अपांगता भएकालाई सहजै अधिकार दिने तथा राजनीतिक, सामाजिक र रोजगारीमा समानुपातिक कोटा दिनुपर्ने तथा सबैसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमता बनाउन पनि पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->