आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

तीन बाघले घेरिएका तीन गोठालालाई हात्तीले बचायो

तीन बाघले घेरिएका तीन गोठालालाई हात्तीले बचायो


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका -१ गाभरमा तीन बाघले घेरिएका तीन गोठालाको हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको छ ।
तीन बाघले घेरिएका गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।

बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->