बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गृह जिल्लामै पौडेल कमजोर

गृह जिल्लामै पौडेल कमजोर


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

तनहुँ – बिहीबार भिमाद नगरपालिकाको चुनावी परिणामसँगै तनहुँका सबै पालिकामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ । तीमध्ये २ मा सर्वसम्मत र ८ मा चुनावबाटै नेतृत्व चयन भएको हो ।

चुनावी परिणाम सार्वजनिक हुँदा १४ औं महाधिवेशनमा सभापतिका दावेदार वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमै कमजोर देखिएका छन् ।उनी पक्षधरले १० मध्ये २ स्थानीय तहमा मात्रै सभापति जितेका छन् । बाँकीमध्ये सभापति शेरबहादुर देउवा पक्षका शंकर भण्डारीलगायतका नेता निकटले ६ स्थानीय तहमा सभापति जितेका छन् भने कृष्णप्रसाद सिटौला गुटका प्रदीप पौडेलले पनि २ ठाउँमा सभापति हात पारेका छन् ।

रामचन्द्रको आफ्नै गृहनगर व्यास र भानु नगरपालिकामा उनी निकटले सभापति जितेका छन् । व्यासको सभापतिमा सूर्यचन्द्र हड्खले र भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।संस्थापन पक्षले भिमाद नगरपालिकासँगै देवघाट गाउँपालिका, बन्दीपुर, आँबुखैरेनी, म्याग्दे र ऋषिङ गाउँपालिकामा जीत हात पारेको हो । देवघाटमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भए । बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे, आँबुखैरेनीमा विष्णु पन्थ र ऋषिङमा तिलबहादुर थापा मतदानमार्फत् निर्वाचित भएका हुन् । भिमाद नगरपालिकामा विहीबार भएको मतदानमा संस्थापन पक्षका अर्विन श्रेष्ठ निर्वाचित भएका छन् ।प्रदीप निकटले शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा सभापति जितेका छन् । शुक्लागण्डकीमा सुरुमा संस्थापन पक्षसँगै, पौडेल र जोशीका उम्मेदवार मिलेर ७९ वर्षीय गोपीबहादुर गुरुङको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको थियो ।

गृह नगरमा वाइपास भएका प्रदीप निकटले पनि गोपीबहादुरलाई नै समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिएका थिए । गोपीबहादुर सर्वसम्मत भए । अन्य पदमा चुनावी मैदानमा उत्रिएको प्रदीपको प्यानलले एकछत्र जीत हासिल गर्न सफल भयो । दुवै समूहले आफ्नो दावी गरेका निर्विरोध सभापति बनेका गोपीबहादुर पनि पछिल्लो समय प्रदीप निकट रहेको बुझिएको छ ।

उनी पहिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको गुटमा रहेका थिए् । पछिल्लो समय गुरुङ शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ निकट मानिन्छन् । पहिले रामचन्द्र पक्षका भनिने किसान अहिले प्रदीप पक्षका हुन् । यस्तै, घिरिङ गाउँपालिकामा पनि प्रदीप निकटका यम थापा सर्वसम्मत निर्वाचित भएका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->