बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा एक बर्षभीत्र एक लाख धारा जडान गरिने

गण्डकीमा एक बर्षभीत्र एक लाख धारा जडान गरिने


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

बागलुङ/गण्डकी सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले एक वर्षभित्र गण्डकीका ११ जिल्लामा एक लाख खानेपानीका धारा जडान गरिने बताएका छन् ।

गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको भन्दै आचार्यले एक वर्षभित्रमा लक्ष प्राप्तीका लागि १ लाख धारा जडान गरिसक्ने योजना रहेको सुनाए ।
गण्डकी सरकारले बागलुङमा सुरु गरेको लामाचौर–रमेटार लिफ्टीङ खानेपानी आयोजनाको अनुगमन गर्दै आचार्यले एकैपटक स्रोत साधन नपुग्ने भन्दै प्राथमिकताका आधारमा क्रमागत योजनाहरु पुरा गरिने बताए । ‘पहिले आधारभुत तहको खानेपानी पु¥याउने हाम्रो लक्ष हो, त्यसपछि स्वच्छ खानेपानी पु¥याउँछौं’ मन्त्री आचार्यले भने ‘मन्त्रीसँग जनता, समस्या समाधानका लागि मन्त्रालय अभियानमा लागेका छौं ।’

उनले मन्त्रालय कम र सर्वसाधारणका समस्या समाधानमा बढी समय खर्चिने आफ्नो मन्त्रालयको अभियान रहेको जानकारी गराए । ‘अहिले पनि हामी कुवाको धमिलो पानी खाईरहेका छौं, यो दुर्भाग्य हो’ उनले भने ‘कोभिड लगायतका कारण सरकारी ढिकुटी कम भयो, स्रोत जुटाएर हामी घर घरमा पानी पु¥याउने अभियान सफल पार्छौं ।’

उनले लिफ्टीङ खानेपानी र सिंचाईका योजनाका लागि विद्युत निशुल्क बनाउन सरकारी स्तरबाट पहल भैरहेको बताए । ‘पानी र सिंचाईका लागि आवश्यक विद्युतको बिल स्थानीय तहले तिरेका छन्, आखिर जुन तहले तिरेपनि सरकारी खर्च नै हो’ उनले भने ‘सहकार्य गरेर विद्युत निशुल्क गर्दा सबैलाई फाईदा हुन्छ ।’

मन्त्री आचार्यले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको सिंचाई आयोजना अनुगमन गरेका छन् । शनिबार पर्वतका खानेपानी आयोजनाहरुको निरीक्षण गरेका आचार्यले साविकको धौलागिरीमा सञ्चाति सिंचाई, उर्जा र खानेपानीका योजनाको अनुगमन गरि आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इन्जिनियर इश्वरी प्रसाद शर्माले योजनाको स्टमेट र लागतको बिषयमा जानकारी गराएका थिए । उपभोक्ता समितिका अध्यक्ष ठाकुरबहादुर जिसीको अध्यक्षता, सह–सचिव श्याम प्रसाद शर्माको स्वागत र सचिव गणेश प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७५ सालमा सुरु भएको योजना सम्पन्न हुँदा झण्डै एक हजार घर परिवार लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->