बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुर्सी र पदको सही सदुपयोग भएन : बरिष्ठ नेता पौडेल

कुर्सी र पदको सही सदुपयोग भएन : बरिष्ठ नेता पौडेल


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

तनहुँ/ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तानतरण नभएर रुपान्तरण आवश्यक भएको बताएका छन् । गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा भएको शुभकामना आदन प्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले १४ औँ महाधिवेशनले कांग्रेसमा रुपान्तरण ल्याउनुपर्ने बताए । ‘एकाथरीले कांग्रेसमा पुस्तानतरणको नारा दिईरहेका छन् । पुस्तानतरण हैन, कांग्रेसलाई रुपान्तरण चाहिएको हो । कांग्रेसको आजको अवस्थालाई बदल्नुपर्छ’, उनले भने ।

महाधिवेशनले नयाँ सन्देश लिएर आउने उनको भनाई छ । उनले महाधिवेशनले पार्टीमा व्यक्ति नभएर प्रवृत्ति परिवर्तन गराउन सिद्ध हुनुपर्नेमा जोड दिए । ‘भ्रष्ट प्रवृत्तिलाई पखाल्ने हो यो महाधिवेशनले । कांग्रेसलाई रुपान्तरण गर्ने हो’, उन भने ।

पार्टीलाई आफुले जनताको भरोसाको केन्द्र बनाउने उनको जिकिर छ । कांग्रेसलाई सही दिशामा डो¥याउने बरिष्ठ नेता पौडेलको दाबी गरे । नेताहरुको व्यवहार, आचरण र कर्तुतले नेपाली जनतामा राजनितीप्रति वितृष्णा छाएको उनको भनाई छ । ‘जुन जोगी आएपनि कानै चिरेका भनेर जनताले सबै नेतालाई मुख फर्काएर, नाक खुम्चाएर हेर्नुपर्ने नेताले नै बनाएका हैनन् र ? यी नेताहरुलाई त मैले भन्ने ग¥याछु तिमीहरुको दिमाग भ्रमैभ्रमले भरिएको छ । भ्रमित मानसिकता लिएर बसेका छौँ । त्यसैले तिमीहरुले सारा नेपाली जनतालाई भ्रममा पारेका छौँ । जनतालाई भ्रममा पार्ने अधिकार तिमीहरुलाई छैन भनेर मैले च्यालेन्ज गरेको छु’, सबै राजनीतिक दलका शिर्ष नेता प्रति आक्रोश पोख्दै उनले भने ।

मुलुकमा जो मान्छे कार्यकारिणी पदमा पुगेका छन्, तिनले सही ढंगले नेतृत्व नगरेको उनको जिकिर छ । सही ढंगले कुर्सी र पदको सदुपयोग भएमा मुलुक परिवर्तन हुने बरिष्ठ नेता पौडेलले बताए । देशमा भ्रष्टचार रोक्नलाई प्रधानमन्त्रीबाटै सुरु हुनुपर्नेमा उनको जोड छ । ‘नेपाली कांग्रेस भ्रष्टचारको बिरुद्धमा खुलेर बोल्न सक्ने पार्टी हुनुपर्छ । भ्रष्टचारको बिरुद्धमा खुलेर बोल्न सक्ने पार्टी हुने की नहुने अहिलेको यो नेतृत्व र सेटअपले ? के खुलेर धक फुकाएर भ्रष्टचारको बिरुद्ध बोल्न सक्छ । आज त्यस्तो कांग्रेस चाहिएको छ नेपाल र नेपाली जनतालाई । नेपाली कांग्रेसको कार्यकर्तालाई । १४ औँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो’, उनले दाबी गर्दै भने । उनले धुर्वीकरणमा नलाग्ने पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले पुराना र थोत्रा भएकालाई विस्थापित गर्दैै नयाँ नेतृत्व स्थापित गर्न १४ औँ महाधिवेशन सफल हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->