आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकीका ३ जिल्लामा फेरिए सिडिओ

गण्डकीका ३ जिल्लामा फेरिए सिडिओ


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७८, सोमबार

पोखरा/गण्डकीका कास्की,लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले कास्कीमा जयनारायण आचार्य,लमजुङमा सुशील वैद्य र मनाङमा रवीन्द्रप्रसाद आचार्यलाई सिडिओ तोकेको हो ।
कास्कीमा आएका जयनारायण यसअघि हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन समितिको संयोजक थिए । सुशील अध्यागमन कार्यालय र रवीन्द्रप्रसाद गृहमन्त्रालयमै थिए । यता, कास्कीका सिडिओ थानेश्वर गौतम र लमजुङका सिडिओ होमसप्रसाद लुइँटेलको गृहमन्त्रालय तथा मनाङका सिडिओ विष्णु लामिछानेको सप्तरी सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->