पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उनले धार्मिक स्थलहरुको संरक्षण र प्रचारको आवश्यकता पनि औंल्याए ।
मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिकासचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि बजेट अभाव भएको सुनाए ।
मन्त्री थापासँगै प्रदेशसभा सदस्य आशा कोइराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारालगायतका संरचनाको अवलोकन गरेको थियो । त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे–१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गरेका डिभिजन बन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।




