आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

रणस्मृति पुरस्कार बितरण

रणस्मृति पुरस्कार बितरण


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार

बागलुङ/रणस्मृति पुरस्कार संस्थाले आफ्नो २८ औं वार्षिकोत्सव तथा शक्ती पुरस्कार बितरण सम्पन्न गरेको छ ।

सामुदायिक बिद्यालयबाट उत्कृष्ठ अंक ल्याएर उत्तिर्णहुने बालबालिकालाई सस्थाले रणस्मृति पुरस्कार दिदैं आएको छ । शैक्षिक बर्ष २०७६ र २०७७ मा उत्कृष्ठ अंक ल्याउने बालबाकिालाई नगद नगद पुरस्कार दिइएको हो ।

उत्कृष्ठ अंक ल्याउने बाल मन्दिर प्राविका संगम थापामगर, सितल बिक, सन्देश खड्का पुरस्कृत भएका हुन् । त्यस्तै रुद्रे पिपल माबिका दिपेश सुनार, ममता अधिकारी , सुवास शर्मा, सिम्रन जिसीपनि पुरस्कृत भए । उनीहरुलाई नगद १ हजार ५ सय रुपैयाँको दरले पुरस्कार र प्रमाणपत्र दिइएको हो ।

संस्थाले यो बर्षको शक्ती पुरस्कारबाट तनहुँका कवि तथा निबन्धकार अनिल श्रेष्ठलाई पनि ८ हजार नगद पुरस्कार सहित सम्मानित गरेको छ । मंगलवार भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथशर्माले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा रत्न श्रेष्ठ पुरस्कार संस्थाका अध्यक्ष प्रेम छोटा, रुद्रे पिपल माबिका प्रधानाध्यापक राजेश श्रेष्ठ र पुरस्कृत साहित्यकार अनिल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । रणस्मृति पुरस्कार संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षता, अमृत खड्काको स्वागत र भोजबहादुर खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->