बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा ६६ औं प्रहरी दिवश मनाइयो

बागलुङमा ६६ औं प्रहरी दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७८, बुधबार

बागलुङ/ ६६ औं प्रहरी दिवशको अबसरमा बागलुङमा बिविध कार्यक्रम सम्पन्न भएका छन् । बुधवार मुल समारोह गरेको बागलुङ प्रहरीले खेलकुँद प्रतियोगिताहरु र सरसफाई अभियान समेत संचालन गरेको थियो ।

मुल समारोहमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले शान्ति सुरक्षा र जनताको सेवामा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरे । उनले अपराध अनुसन्धानमा नेपालको प्रहरी अब्बल भएको समेत बताए । ‘प्रहरीले शान्ति सुरक्षा र अनुसन्धान गरेकै कारण प्रशासन र राज्य सफल भएको छ’ उनले भने, ‘अझै प्रहरीको क्षमता बढाउने र अभाव भएका दरबन्दी पुरा गर्ने तर्फ पनि राज्यको ध्यानाकर्षण हुनुपर्छ ।’ बागलुङमा पनि धेरै दरबन्दी खाली छ ।

कार्यक्रममा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले जिल्लाको शान्ति सुरक्षा सँगै प्रहरी मेरो साथी, मुस्कान सहितको सेवा र सिमित साधन श्रोतबाट जनताको हितमा पनि काम गरेको बताए । उनले कानूनी साक्षरता र सचेतना अभियान, ट्राफिक नियमन, सवारी दुर्घटनामा उद्दार तथा अन्य दैवीप्रकोप र बिपत व्यवस्थापनका काममा पनि निरनतर खटिनु परेको बताए ।

प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरको अध्यक्षता, प्रहरी निरिक्षक बिजय भण्डारीको संचालन र प्रहरी नायव उपरिक्षक इकवाल हवारीको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व प्रहरीको तर्फबाट टिकाबहादुर कार्कीले प्रहरीको योगदानको चर्चा गरे । उक्त अबसरमा प्रहरी महानिरिक्षकले पठाएको शुभकामना पत्र पढेर सुनाइएको थियो । त्यस्तै अमर प्रहरीको तस्बिरमा फूलमाला लगाएर उनीहरुको स्मरण समेत गरिएको थियो ।

प्रहरी दिवशको अबसरमा बिबिध खेलकुँद समेत आयोजना भएको थियो । भलिबल, व्याडमिन्टन र दौड प्रतियोगिताका बिजयी टिम तथा खेलाडीलाइ पदक तथा मेडलले पुरस्कृत गरिएको थियो । उक्त अबसरमा उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सूचना अधिकारी इकवाल हवारी सहित इलाका प्रहरी कायालयका निरिक्षकहरु र जवान समेत ११ जनालाई सम्मान र पुरस्कार पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->