बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दशैंमा पनि घरजाने चिन्ता

दशैंमा पनि घरजाने चिन्ता


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७८, बिहिबार

बागलुङ/बागलुङ नगरपालिका १३को बाँस्बोटका नारायण रिजाललाई दशैमा घर जाने चिन्ताले सताउन थालेको छ । आफ्नै साधन छ, तर ७ किमीमा पुगिने गाउँकालागि वडा नंं १४ को कैया पुल तरेर घुम्दै आउँदा ३० किमी फन्को मार्नुपर्छ ।

त्योपनि निकै अप्ठ्यारो सडकमा यात्रा गर्न सास्ती हुन्छ । यस अघि उनले मालढुंगादेखि गलुवा सम्मको केही कच्ची बाहेक सबै पक्की सडकमा यात्रा गर्न पाएका थिए । गत असारमा खसेको पहिरोले मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी करिडोर गरी ३ वटा सडक बगाएको छ । बैकल्पिक सडकको रुपमा निकास दिन खोलिएको स्थानमा पनि हिलाम्मे छ । जतिबेलापनि पुरिने जोखिम छ । पानी पर्नासाथ उक्त सडक अबरुद्ध हुन्छ । ठाउँठाउँमा ढुंगा खसेर जोखिम छ । उक्त सडक प्रयोग गर्दापनि बलेवा एयरपोर्टबाट मात्रै घुम्न मिल्छ ।

अमलाचौरका बिष्णुप्रसाद चापागाइको समस्या पनि उही हो । ‘घरमा बिरामी आमा हुनुहुन्छ, तर आफ्नै साधनमा गएर भेट्न पनि पाइएको छैन’ चापागाइले भने, ‘चाडपर्वमा पनि नबनेको सडक कहिले बन्ला ?’ उपचारकालागि पनि कुश्मा तर्फ झोलुंगे पुल तरेर लैजानु परेको उनले गुनासो गरे । गलुवामा खसेको पहिरोले दक्षिण बागलुङका सयौं मानिसको खुसी लुटेको छ । आफ्ना सवारी साधन थन्क्याएर पैदल यात्रा गर्न बाध्य छन् । पहिरोले शुरुशुरुमा सामान्य क्षति गरेको थियो, त्यतिबेलै पानी तर्काएर सडक मर्मत गरेको भए यो अबस्था आउने थिएन’ बानपा १० का किरण मल्लले भने, ‘महिनौ समस्या पर्दापनि सरकारले हेरेन ।’ कुखुरा पालन गरेका उनले मालढुंगाबाट दाना पिठ्युँमा बोकेर खेप्न बाध्य भएको गुनासो गरे ।

दैनिक उपभोग्य बस्तु खरिद गर्ने देखि चाडपर्व लक्षित कामकालागि यात्रा गर्नुपर्नेले भोगेको यो सास्ती प्रति सडक डिभिजन कार्यालय भने चिन्तित छैन । बरु कार्यालयले वास्ता नगरेपछि बागलुङ नगरपालिकाले पहिरो पन्छाउने प्रयास थालेको थियो । २० लाख लगानी गरेर थालेको काम एकसाता सम्म निरन्तर चलेको थियो । तर पहिरोबाटै सडक खुलाउने प्रयास तथा ग्याविन जाली बुन्नेक्रममा आइतवार फेरी भिषण बर्षातले सडक बगाएको छ । पहिरोले ग्याबिन जाली पुरेको छ भने खुलाउनै लागिएको ट्रयाक पनि भत्केको छ । ‘पहिला भकुण्डेको दहदेखि खसेको पानीको निकास दिएपछि मात्रै सडकको ट्रयाक खोल्नुपर्नेमा सोझै काम गरिएपछि बगेको हो’ बागलुङ नगरपालिका वडा नंं १३ का अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘प्राविधिकले जानेको कुरा हामीले कसरी बुझौं, तर काममा त्रुटी भएको छ ।’ सडक नखुल्दा बानपा १०, ११, १२, १३ र १४ का हजारौं मानिसले सास्ती खेपेका छन् ।

नियमति सामान ढुवानी समेत रोकिंदा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा पनि समस्या बढ्न थालेको उपभोक्ताले गुनासो गरे । ‘दैनिक खाद्यान्न, निर्माण सामाग्री सहितका धेरै बस्तु ढुवानी हुन्थ्यो, अहिले ठप्पै छ’ जैमिनी नगरपालिका ९ का नविन जिसीले भने, ‘यतीधेरै सास्ती यस अघि कहिले भएको थिएन ।’ २०५४ सालमा ट्रयाक खुलेपछि हिलो, खाल्डा र धेरै समय लागेर पुगेको समस्या भोगेपछि ठप्पै बस्नु नपरेकोमा कालोपत्रे भएपछि यस्तो समस्या आएको उनले गुनासो गरे । गत चैत बैसाखमा यो सडक कालोपत्रे गरिएको थियो । अब यो सडकको टुनीबोट देखि सरंगे सम्मको केही भाग मात्रै कालोपत्रे गर्न बाँकी छ । तर तीन महिनादेखि यो सडक उपयोग विहिन भएको हो । कालीगण्डकी करिडोर समेत ठप्प भएपछि गुल्मीतर्फ लाग्नेले पनि उत्तिकै समस्या भोगेका छन् । करिडोरबाट सोझै पाल्पा पुग्न सकिने यात्रा गर्न चाहनेल पनि शुरुवातमै सास्ती खेप्ने गरेका हुन् ।

गत आइतवार गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्यको गाडि समेत यो पहिरोमा अलपत्र प¥यो । अनुगमनकालािग मन्त्रालयका सचिव, महाशाखा प्रमुख र जिल्ला स्थित डिभिजन कार्यालयका प्रमुख समेत कुश्मीसेरा पुगेर फर्कदा बाटैमा पहिरोले यात्रा रोकेको हो । मन्त्रीले पनि गाडि बाटैमा छाडेर कुश्मा तर्फ जानु परेको थियो । ‘बिरामी बोकेका गाडिहरुले के कस्तो दुःख पाएका छन् भन्ने कुरा मन्त्रीज्यूले थाहा पाएको भए राम्रो हुन्थ्यो’ बलेवाका केशव ढकालले भने, ‘एकदुइ दिन हैन, बर्षेनी पाएको सास्तीको बारेमा कसले बोलिदिने ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->