
बागलुङ/नेपाल सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बालबिकास सहजकर्ताको मासिक तलव बृद्धि गर्ने घोषण ग¥यो । तर बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गरेका छैनन् ।
संघीय सरकार र स्थानीय सरकारको सझेदारीमा बृद्धि हुने भनिएको तलव केही स्थानीय तहमा भने बृद्धि नभएको हो । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालबिकास सहजकर्ताको मात्रै तोकिए अनुसारको तलव बृद्धि गरेको छ । बालबिकास सहजकर्ताको तलव मासिक ६ हजारबाट बृद्धिभएर १५ हजार पु¥याइएको हो । बिद्यालय कर्मचारी र बिद्यालय सहयोगीको तलव तोकिए बमोजिम बृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललित बहादुर क्षेत्रीले बताए ।
सात हजार रुपैयाँ मासिक तलव खाँदै आएका बिद्यालय सहयोगीको तलव मासिक ८ हजार पुगेको छ । यो शिक्षा बिभागले पठाउने शर्सत शिर्षकको तलव हो । ११ हजार पाँच सय रुपैयाँ तलव लिँदै आएका बिद्यालय कर्मचारीको तलव १३ हजार पाँच सय पु¥याईएको छ । बजेटले संघीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलव बृद्धि गर्न भनेको थियो ।
तर १८ हजार पाँचसय पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार पाँच सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार रुपैयाँ मात्रै पाउने भएका हुन् । ‘नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिए बमोजिम दिन्छौं भनेर भएन्, जे आउँछ त्यही दिनेहो ।’ बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले भने ।
तोकिए बमोजिमको तलव नपाएकोमा बिद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । ‘अरु के के गर्न बजेट हुन्छ, श्रमजिवीलाई दिने बजेट नहुने ?’ तलव बृद्धिका लागि नगरलाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने ‘आन्दोलन हुन्छ, तोकिए बमोजिम तलब पाउनुपर्छ ।’
जिल्लाको जैमिनी गरपालिकाले बालबिकास सहजकर्ता, बिद्यालय कर्मचारी र सहयोगीको तलव बृद्धिगरेको छ । तोकिए बमोजिम तलवमान कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलव बृद्धि गरेको हो । तह अनसार २ हजार देखि ७ हजार पाँचसय सम्म तलव खाँदै आएका बिद्यालय सहयोगीको तलव दश हजार र १३ हजार पाँच सय पु¥याईएको छ । ‘कक्षा एक देखि तीन सम्म चलेका बिद्यालयका सहयोगीलाई दश हजार र बाँकी सबै सहयोगीलाई १३ हजार पाँचसय कायम गरेका छौं’ जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने ‘बाल बिकास सहजकर्ताको १५ हजार र बिद्यालय कर्मचारी सबैको १८ हजार ५ सय पुगेको छ ।’ यसअघी सहजकर्ताले ६ हजार र बिद्यालय कर्मचारीले ११ हजार ५ सय रुपैयाँ तलव लिँदै आएका थिए ।
काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलव बृद्धि गरेको छ । बालबिकास सहजर्कातहरुको तलव शत प्रतिशत बृद्धि गरेर १२ हजार पु¥याईएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए । शिक्षा बिभागले उपलव्ध गराउने ८ हजार रुपैयाँमा गाउँपालिकाले ४ हजार थप गरेको हो । बिद्यालय सहयोगीकोलागि भने तह अनुसार ९ हजार, १२ हजार र १३ हजार पु¥याईएको छ । यस अघि उनीहरुले ४ हजार, ४ हजार पाँच सय र ७ हजार ५ सय पाउँदै आएका थिए । प्राथमिक, आधारभुत र माध्यमिक गरेर तीन तहमा कार्यरत बिद्यालय सहयोगीले तह अनुसारको तलव बृद्धि गरिएको हो । बिद्यालय कर्मचारीको लागि १७ हजार पु¥याईएको छ । ‘बजेटको स्रोत अनुसार बृद्धि भएको छ, एकै पटक ठुलो आर्थिक भार थेग्न पनि गाह्रो छ ।’ कार्कीले भने । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलव बृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलव बृद्धि भएको बिषयमा जानकारी सार्वजनिक गरेका छैनन् ।





