बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजार अनुगमनका लागि गृहको टोली जिल्लामा

बजार अनुगमनका लागि गृहको टोली जिल्लामा


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७८, शुक्रबार
?

बागलुङ – गृह मन्त्रालयले चाडपर्व लक्षित बजारको अनुगमन गरिरहेका जिल्लाका सरोकारवाला निकायको अध्ययनका लागि टोली पठाएको छ । उक्त टोलीले बागलुङ, पर्वत र म्याग्दीमा पुगेर सरोकारवालाबीच भेटघाट र छलफल समेत गरेको छ ।

चाडपर्व लक्षित अनुगमनकालागि जिल्ला प्रशासन, स्थानीय नगरपालिकाहरु, उपभोक्ता मंच तथा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अभियान थालेका छन् । उक्त अभियानको वास्तविकता बुझ्ने र अनुगमनको पनि अनुगमनकालागि उक्त टोली आएको हो । गृहका उपसचिव चेतनाथ बरालको नेतृत्व टोलीले सरोकारवाला सहित उद्योग बाणिज्य संघ, स्वास्थ्य कार्यालय, पत्रकार र सुरक्षा निकाय समेत राखेर छलफल चलाएको हो ।

उक्त अबसरमा सहभागीले अनुगमन फितलो भएको, अनुगमन गरेपनि गुणस्तरहिन बस्तु बेच्नेलाई वास्ता नगरिएको तथा कारवाही प्रभावकारी नभएको पनि धारणा राखेका थिए । निशेधाज्ञाको बाहना बनाएर म्याद गुज्रेका सामान फिर्ता नगरेको पनि बताइएको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने ती सामान फिर्ता नभएपनि तत्कालै छुट्टयाएर राख्नुपर्ने र छिटो फिर्ता गर्नुपर्ने प्रावधान रहेको बताए । तर अखाद्य बस्तुहरु बिक्रिनै गरियो भने कारवाही हुनैपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका सचिव बिजय रानाले मापदण्ड बिपरित घर बन्ने, जोखिम मोलेर पेट्रोल पम्प चलाउने, केही रकम उठाएको भरमा कतिपयको अनुगमन नहुने जस्ता क्रियाकलाप भएको समेत बताए । महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले अनुगमन पनि म¥र्यादित हुनुपर्ने धारणा राखेका थिए । कतिपय व्यवसायीले पैसा दिएर अनुगमन टोली फर्काएको धारणा समेत राख्ने गरेकोले उक्त आरोप चिर्नुपर्ने राजभण्डारीको धारणा थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अनुगमनलाई सक्दो फराकिलो बनाउने बताए । उपभोक्ता मंच, नगरपालिका लगायतको टोलीबाट ग्रामीण क्षेत्रमा पनि अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।

अनुगमनमा आएका बरालले पोखरामा धेरै समस्या देखिएको भन्दै जिल्ला तहमा तुलनात्मक कम समस्या देखिएको बताए । तर पनि अखाद्य बस्तु बेच्ने, मानव स्वास्थ्यलाई गम्भिर असर पर्ने बस्तुको किनमेल गर्ने र मूल्य सूचि समेत नराख्ने प्रवृत्ति विरुद्ध सक्रियता पूर्वक कारवाही गर्नुपर्ने धारणा राखे । उनले त्यसकालागि गृहमन्त्रालय गम्भिर रहेको बताए । उक्त टोलीले सबै जिल्लाको वास्तविकता पत्ता लगाएर यथार्थ प्रतिवेदन मन्त्रालयमा पेश गर्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->