बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आयात प्रतिस्थापन गरौं : मन्त्री कँडेल

आयात प्रतिस्थापन गरौं : मन्त्री कँडेल


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले अब सहकारीहरुले स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । उनले दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर बन्ने बाटो सिकाएर सहकारीका सदस्यलाई समृद्धिको बाटोमा हिडाउनुपर्ने आवश्यकतासमेत औंल्याए ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको समृद्धि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले दैनिक कार्यक्रममा लगाउने फूलको माला किन्न नपर्ने बताएपनि धेरै रकम जोगाउन सकिने बताए । ‘फूलको कारोबार मात्र हैन, हाम्रो भान्छाका तरकारी आफ्नै बारीमा फलाउन सकियो भने करोडौं बचाउन सकिन्छ,’ उनले भने, ‘बजारबाट किनेर लैजाने र मेहेनत नगर्नेहो भने सहकारीको सदस्य बनेर केही फाइदा छैन ।’ सहकारीले उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

अर्को प्रसंगमा एउटै वडामा वर्षमा करोडौंको चुरोट र रक्सी बजारबाट भित्रिने गरेको भन्दै त्यसता वस्तु प्रतिस्थापन गर्न सकेमा किसानको आयस्रोत बढ्ने समेत बताए । कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष लालबहादुर थापा, व्यवसायी निर्माणकुमार श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगायतले समृद्धि दिवशले हरेक शेयर सदस्यलाई समृद्धिको बाटोमा हिड्न प्रेरणा दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सहकारीको समृद्धि अभियानको बारेमा जानकारी दिएका थिए ।

अहिले सम्म सिवाइसीमा १९ हजार ५ सय ५४ शेयर सदस्यबाट ३४ करोड१३ लाख ३२ हजार शेयर संकलन भएको बताए । त्यस्तै १ अर्व ५१ करोड ३२ लाख १९ हजार बचत, १ अर्व ३० करोड ७ लाख लगानीमा रहेको उनले जानकारी गराए । सहकारीले २४ वटा सेवा केन्द्र मार्फत १ सय ११ जनालाई रोजगारी समेत दिएको छ ।
सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सचिव जयराम भारीको संचालन र उपाध्यक्ष गण्डकी थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । दिवशको अबसर पारेर सिवाइसीले कर्मचारीलाई तीन दिने क्षमता बिकास तालिम पनि दिएको थियो ।

उक्त अबसरमा सिवाईसी सहकारीले नेपाल पत्रकार महासंघको एक पत्रकार एक ल्यापटप अभियानकालागि ५० हजार रुपैयाँ र मानवसेवा आश्रमको भवन निर्माणकालागि ५१ ह्जार रुपैयाँ हस्तान्तरण समेत गरेको थियो । महासंघका अध्यक्ष नरेश कंडेल र आश्रमकी संचालक सुमिरा लामालाई अध्यक्ष शर्माले रकमको चेक हस्तान्तर समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->