
बागलुङ/ मासु व्यवसायी संघ बागलुङले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरि मासुको मुल्य समायोजन गरेको छ ।
संघको शुक्रवार बसेको बैठकले शनिवारदेखि लागुहुने गरि साविकको मासुको मुल्यमा २० रुपैया कम गरि समायोजन गरेको हो । मासुको मुल्य समायोजन गर्दै संघले सोही अनुसार मासुको मुल्य लिन दिन र गुणस्तरहिन मासु खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।
समायोजन गरिएको नयाँ मुल्य अनुसार कुखुराको मासु १ केजीको ४ सय, खसी बोकाको १ केजीको १ हजार ८०, राँगोको फल मासु १ केजीको ४ सय ३०, राँगोको हड्डि मासु १ केजीको ३ सय ८०, भैसीको फल मासु १ केजीको ३ सय ३० रहेको व्यवसायी पदम रायमाझीले जानकारी दिए ।
त्यसैगरि भैसीको हड्डि मासु १ केजीको ३ सय ३० , बंगुरको मासु १ केजीको ४ सय ८०, माहुर माछा १ केजीको ४ सय ३०, रौ माछा १ केजीको ४ सय ६० र जलकपुर माछा १ केजीको ४ सय ३० निर्धारण गरिएको रायमाझीले बताए ।




