बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विदेशमा ज्यान गुमाएका परिवारलाई बिमा रकम भुक्तानी

विदेशमा ज्यान गुमाएका परिवारलाई बिमा रकम भुक्तानी


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

बागलुङ/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विदेशमा मृत्यु भएका बागलुङ २ युवाको परिवारलाई बिमा रकम उपलब्ध गराएको छ । रोजगारीको शिलशिलामा कतारमा मृत्यु भएका बागलुङ नगरपालिका ७, तितौरेका भरतबहादुर कार्की र युएईमा मृत्यु भएका जैमिनी नगरपालिका १, कुश्मीशेराका विजय शर्माको परिवारलाई मृत्युदाबी पछि बिमा रकम भुुक्तानी दिइएको हो ।

कम्पनीको बागलुङ शाखाले दुवै जनाको परिवारलाई १४ लाख रुपैयाँका दरले बिमा रकम भुक्तानी गरेको बागलुङ शाखाका प्रवन्धक तोयानाथ गौतमले बताए । एक महिना पहिले दुवै युवा रोजगारीको शिलशिला विदेशमै रहेका बेला मृत्यु भएको थियो । वैदेशिक रोजगार म्यादी बिमा गरेर रोजगारीका लागि विदेश गएका युवाहरुको मृत्यु भएपछि परिवारको राहतका लागि बिमा रकम उपलव्ध गराइएको गौतमले बताए ।

कार्कीको कोठामा सुतिरहेको अवस्थामा अक्सिजन कमी भएर मृत्यु भएको थियो भने शर्मा युएईको समुन्द्रमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भएको परिवारले जनाएको छ । कार्कीकी श्रीमती धनकुमारी कार्की, दाजु बुद्ध कार्की र शर्माकी पत्नी रुपा शर्मा, बुवा घनश्याम उपाध्यायलाई गौतमले चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->