बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘बिचल्ली पार्ने दलालहरु होसियार !’

‘बिचल्ली पार्ने दलालहरु होसियार !’

न्यायोचित वितरण नअंगाल्दा ओली सरकार ढल्यो : झाँक्री


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

तनहुँ/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्रेष्ठले भने, ‘श्रम मन्त्रालय भन्नेबित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार !’

सोजासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको मन्त्री श्रेष्ठको भनाइ छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको दाबी छ । उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोषसमेत गर्न भ्याए ।

मन्त्री श्रेष्ठले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मानका गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए । उनले भने, ‘विश्वासको मत दिँदा नेपाली कांग्रेस प्रवेश ग¥यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो ?’ २ पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनले उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दसैं तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याबिनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे । ‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीं ठाउँको विकास गर्ने हो । तर, मन्त्री खान गएको हैन,’ उनले भने, ‘मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने ?’ केपी ओलीको प्रवृत्तिविरुद्ध विद्रोह गर्नुपर्ने स्थिति आएको उनले दाबी गरे ।

न्यायोचित वितरण नअंगाल्दा ओली सरकार ढल्यो : झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले न्यायोचित वितरणको प्रणालीलाई अंगाल्न नसक्दा केपी ओली नेतृत्वको सरकार ढलेको बताएकी छिन् । तनहुँमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले हरेक नागरिकलाई मेरो राज्य भन्ने अनुभूति गर्नुपर्ने बताइन् । शुक्रबारमात्रै शपथ ग्रहण गरेकी उनले भनिन्, ‘हरेक नागरिकलाई मेरो राज्य मेरो सरकार भन्ने प्रत्याभूति गराउने कर्तव्य राजनीतिको हो । त्यसमा हामी दत्तचित्त भएर लाग्छौं ।’
शक्तिको पछाडि विकास नदौड्ने उनको प्रष्टोक्ति छ । आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठको तनहुँमा विकासको लहर ल्याउने उद्घोषमा असहमति जनाइन् ।

‘तनहुँले मन्त्री पायो विकास यही मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ? म सामाजिक न्यायको कुरा गर्छु,’ उनले भनिन्, ‘जहिलेदेखि राजनीतिलाई बदल्नपर्छ भन्ने बुझे त्यही बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’ यसअगाडिको २ तिहाइको सरकारले वितरण प्रणालीमा न्यायोचित वितरण नगरी अन्यायपूर्ण व्यवहार गरेकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको मन्त्री झाँक्रीले स्पष्ट पारिन् ।
अनुभवका हिसाबले आफू नयाँ भएपनि अन्धाधुन्ध काम नगर्ने उनको जिकीर छ । उनले भनिन्, ‘राजनीतिले कसरी गति लिन्छ, कहाँबाट प्रवेश गरेर कहाँबाट निस्कन सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ । हामीले केही न केही गरेर जानेछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->