बागलुङ/ सामाजिक कामका लागि स्थापना भएको संस्था ‘हाम्रो जैमिनी’को अध्यक्षमा कृष्णबहादुर नेपाली चयन भएका छन् । संस्थाको प्रथम अधिबेशनले नेपालीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण अधिकारी, सचिवमा राम पौडेल, सहसचिवमा ज्योती बिसी र कोषाध्यक्षमा मञ्जु पौडेल चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले सामाजिक उत्तरदायित्व बोधमा युवाहरुका क्रियाकलाप प्रशंसनीय रहेको बताए । पौडेलले सरकार र जनता मिलेर काम गर्न सके समृद्ध जैमिनीको सपना पुरा हुने भन्दै स्थानीय सरकारका कामलाई रचनात्मक हिसाबले सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा जैमिनी चेम्वरका अध्यक्ष बिष्णु आचार्य लगायतले बोलेका थिए । संस्था मिर्गौला तथा क्यान्सर पिडित र बाढी पिडितहरुलाई सहयोग गर्दै आएको छ ।





