बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दसैंमा पनि हात रित्तै !

दसैंमा पनि हात रित्तै !


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार
फाईल तस्विर

बागलुङ/ बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दसैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका केही वडामा मात्रै वितरण भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।

‘मेरो त दसैं खर्च नै त्यही भत्ता हो तर आएन,’ जैमिनी नगरपालिका १ कि ९० वर्षीया एकल महिला बसुन्धरा शर्माले भनिन्, ‘बर्सेनि यस्तै गर्छन्, दसैंमा सधैं हात खाली हुन्छ ।’ शर्माको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन ।

जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दसैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘हामीले बैंकको खातामा पठाइसकेका छौं, बैंकले पु¥याउँदै होला !’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दसैं बिदामै भएपनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दसैंका लागि खुद्रा बनाउने र दसैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।
बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दसैंअघिनै सबैले भत्ता पाउनेगरी असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->