बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर

तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार

बागलुङ/ बागलुङमा ट्याक्सी र जीपको अस्थायी भाडादर कायम भएको छ । अस्थायी तथा स्थायी रुड परमिट पाएका सडकमा गुड्ने ट्याक्सी तथा जीपहरुको अस्थायी भाडादर कायम गरिएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भाडादर कायम गरेको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले बताए । यसअघि ट्याक्सी र जीपको भाडामा मनोमानी भएको भन्दै गुनासो आएको थियो । भाडादर कायम गर्न बसेको यातायात व्यवस्थापन समितिको बैठकले भाडा दरको सूची तयार गर्न यातायात व्यवस्था कार्यालयलाई जिम्मेबारी दिएको थियो ।
अस्थायी रुपमा कायम भएको भाडादर रिर्जर्भका लागि अलगै र भाडामा अगलै हुने गरी कायम भएको छ । ‘भाडादर कायम भएको छ सोही अनुसार नभए कारवाही हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले भने ‘यातायात व्यवस्था कार्यालयले सर्वसाधारणका लागि सूचना जारी गर्छ सोही अनुसार हुन्छ ।’
तत्कालका लागि जनगुनासो धेरै आएकाले अस्थायी भाडादर कायम गरिएको यातायात व्यवस्था कार्यालयका प्रमुख थापाले बताए । यातायात व्यवसायी समिति र कम्पनीहरुले दिएको भाडादरको सूझावका आधारमा जीपको समेत भाडादर कायम भएको छ ।
यस्तो त निर्धाराण भएको भाडादर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->