आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अनेमसंघ ३० को अध्यक्षमा सुवेदी

अनेमसंघ ३० को अध्यक्षमा सुवेदी


  • ढोरपाटन संबाददाता
  • असोज २६ २०७८, मंगलबार

पोखरा/ अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापालगायत २६ जना सदस्य रहेका छन् । अनेमसंघ केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य प्रभा कोइरालाले अधिवेशनको उद्घाटन गरेकी थिइन् । कार्यक्रम पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, नेकपा एमाले वडाध्यक्ष कृष्ण अधिकारी, अनेमसंघ महानगर संयोजक राजकुमारी भुजेल, पार्टी जिल्ला सदस्य दुर्गा न्यौपानेलगायतले पार्टीलाई मजवूद बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->