बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दाता र सहयात्रीलाई सम्मान गर्दै बिदाई

दाता र सहयात्रीलाई सम्मान गर्दै बिदाई


  • ढोरपाटन संबाददाता
  • असोज २६ २०७८, मंगलबार

बागलुङ/धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङले आफ्नो कार्यकालमा सहयोग गर्ने दाता तथा सहयोगीहरुलाई सम्मान गरेको छ । समाजसेवी केवी राना मगर नेतृत्वको समितिले तीन बर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा दाताहरुलाई सम्मान गरेको हो । कार्यकाल सकेर बिदाई हुन लागेका व्यवस्थापन समितिका सदस्य तथा पदाधिकारीलाई समेत सम्मान गरिएको थियो । बिदाई तथा सम्मानपछि बोल्दै निर्वतमान अध्यक्ष केबी राना मगरले आफूले अस्पतालको परिवर्तनमा सक्दो सहयोग तथा समन्वय गरेको बताए । “मैले आफूले सक्दो काम गरे जस्मा व्यवस्थापन समितिका अन्य सदस्य तथा चिकित्सकहरुको ठूलो हात रहेको छ” राना मगरले भने “अस्पतालले बिदाईको समयमा जुन सम्मान गरेको छ त्यस कार्यलाई धन्यवाद दिन चहान्छु, आगमी दिनमा समेत अस्पताललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउछु ।”

अस्पतालले धौलागिरी अस्पताल व्यवस्थापन समितिका निर्वतमान सदस्य शालिग्राम शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष युवाराज राजभण्डारी, सदस्य गिता शर्मा, सदस्य कुशुम बुढा मगरलाई सम्मान गरेको थियो ।
धौलागरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले अस्पतालको तर्फबाट व्यवस्थापन समितलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यस्तै धौलागिरी अस्पताललाई कोरोना महामारीमा स्वतस्फूर्त सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको छ ।
विदाई हुँन थाल्नुभएको व्यवस्थापन समितिले सहयोगदातालाई आफ्नो कार्यक्राल सहफलता बनाउन सहयोग गरेको भन्दै सम्मानपत्रद्वारा सम्मान गरिएको निर्वतमान अध्यक्ष केबी राना मगरले जानकारी दिए । धौलागिरी अस्पताललाई बागलुङ नगरपालिका–१ रामरेखा निवासी सम्भु आचार्यको संयोजनमा जापनामा रहेका नेपालीहरुद्वारा अस्पताललाई भिडियो एक्सरे र पिरिआर बुथ सहयोग गरेका थिए । त्यस्तै एभेरेष्ट बैकद्वारा पाँच थान अक्सिजन शिलिण्डर, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले ३० थान अक्सिजन शिलिण्डर सहयोग गरेका थिए । यस्तै स्वास्थ्य सामाग्री प्रदानमा संयोजन गर्ने पत्रकार महासंघ बागलुङ शाखा, लियो क्लव, लायन्स क्लव, कालिका मन्दिर, सिटिजन्स बैंक लगायतका संघ तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->