शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पत्रकार गौतमले बाँडे म्याग्दीका दलित तथा गरीब परिवारलाई खाद्यान्न

पत्रकार गौतमले बाँडे म्याग्दीका दलित तथा गरीब परिवारलाई खाद्यान्न


  • धु्रबसागर शर्मा
  • असोज २७ २०७८, बुधबार

म्याग्दी – ढोरपाटन दैनिकका बेनी संवाददाता पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गरेका छन ।
आफ्नो दुई वर्षिय छोराको उपचारका लागि विगत ३ महिनादेखि काठमाण्डौंमा रहेका पत्रकार गौतमले जिल्लाका ज्यामरुककोट फापरखेतका ८ जना र पुलाचौर पुरण्यका ३ जनालाई गरी रु २० हजार बराबरको खाद्यान्न वितरण गरेका हुन् ।
पत्रकार धु्रबसागर शर्मा र बेनी साप्ताहिकका पूर्व प्रधानसम्पादक शिब बानियाँमार्फत गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । उक्त कार्यक्रममा बेनी साप्ताहिकका पूर्व प्रवन्ध निर्देशक नविन प्रकाश बानियाँ, स्थानीय समाजसेवी तथा बुद्धिजीवि टेकबहादुर विक, बलराम बानियाँ लगाएतको उपस्थिति रहेको थियो ।

खाद्यान्न सहयोग प्राप्त गरेका व्यक्तिहरुले छोराको उपचारका लागि काठमाण्डौंमा रहेको र आँफै समस्यामा परेको समयमा पनि आफ्नो गृह जिल्लाका गरिब तथा दलित परिवारको समस्यालाई ख्याल गरी खाद्यान्न सहयोग गर्नुभएकोमा पत्रकार गौतमका उपचाररत छोराको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पत्रकार गौतमलाई धन्यवाद व्यक्त गरेका थिए ।
पुलाचौरकी विपन्न एकल महिला कालिका दर्जी, भरत दर्जी,गणेश दर्जी ,ज्यामरुककाचिनी लगाएतको खाद्यान्न सहयोग गर्नुभएको थियो ।त्यसैगरी ज्यामरुकोट फापरखेतका गंगादेवी सार्की, तुलसी सार्की, सुकमाया दर्जी, आइते दर्जी,बैरी सार्की, विजुला सार्की, पतिराम सार्की लगाएतका विपन्न दलित परिवारलाई चालम, नुन, दाल, चियापत्ति, चिनी लगाएतको खाद्यान्न वितरण गरिएको थियो ।

उनले विगत एक दशक अघिदेखि जिल्लामा परोपकारी पत्रकारिता गर्दै आएका छन् । पत्रकार गौतम मार्फत जिल्लाका दर्जनौं गरिब, असहाय र पीडित व्यक्ति तथा बालबालिकाहरुको उद्धार हुनुका साथै उनीहरुले अहिले नयाँ जीवन प्राप्त गरेका छन् । पत्रकार गौतमले हरेक वर्ष दशैंमा गरिब तथा विपन्नलाई खाद्यान्न, लत्ताकपडा लगाएतका आवश्यक चीजहरु वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->