बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७८, बुधबार

पोखरा – नेपालले पहिलो पटक साफ च्याम्पियनसीप-२०२१ को फाइनल खेल खेल्ने भएको छ। माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो।
राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो। मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए।
बंगलादेशविरुद्ध आज नेपालले पछिल्लोपटक भारतविरुद्ध खेलेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । मनिष डाँगी, सुमन अर्याल, सुमन लामाको स्थानमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठलाई पहिलो रोजाइमा राखिएको थियो ।
नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए। फाइनल खेल शनिबार राति हुनेछ।
नेपालले अब माल्दिभ्स र भारतमध्ये एकसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आयोजक माल्दिभ्सले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->