आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बाढी/पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो‍, ३१ बेपत्ता

बाढी/पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो‍, ३१ बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७८, बुधबार

काठमाडौं/ केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ । बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता र ३२ जना घाइते भएका छन् । त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ । बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ ।

मंगलबार रातिदेखि वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->