बागलुङ/नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशको कार्यकारी पदमा पुगेकाबाटै लोकतन्त्र बिरोधी काम भएको बताएका छन् । उनले संविधान बनाउने बाटै संविधानमा खेलवाड भएको समेत टिप्पणी गरे ।
नेपाली काँग्रेस बिहुँ बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले जो कसैले एकलौटी सत्ता संचालन गर्नु पार्टी र देशकै लागि घातक हुने बताए । उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई लक्षित गरेका थिए ।
कांग्रेस बागलुङका पूर्व सभापति गोविन्दप्रसाद कंडेलको चौसारी पुजामा भाग लिन आएका पौडेलले कांग्रेस वडा समितिको कार्यक्रममा पनि सहभागि भएका थिए । उने संविधानको मर्म भन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन कार्यकारी पदमा पुगेकाहरु बढी उद्दत भएको समेत टिप्प्णी गरेका थिए । ‘हामीले जनतालाई राहत दिलाउन धेरै परिवर्तन ल्यायौं, तर काम गर्नेले गरेनन्’ नेता पौडेलले भने,‘राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि त्यसको आभास हुन पाएको छैन ।’ पौडेलले पार्टी भित्र कुनै गुट उपगुट नभएको बताए । उनले कार्यकर्तालाई यो रामचन्द्रको यो शेरबहादुरको भनेर कसैलाई पनि ट्याग लगाउन नहुने समेत बताए ।
उनले काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए । मध्यपहाडी लोकमार्गको विषयमा बोल्दै नेता पौडेले आफु स्थानीय बिकास मन्त्री हुँदा तत्कालिन ग्रामिण कृषी सडक खोलेको बताए । उक्त सडकनै लोकमार्ग बनेको हुँदा यसको स्तरउन्नतीमा पनि पहल गर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले कांग्रेसको संगठन मजबु्त बनाउन शिर्षनेतृत्वले गुटउपगुट हटाउनु पर्ने बताए । पौडेलले कंडेलसँगै जेल जीवन समेत बिताएका थिए ।




