तनहुँ/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट छिन्न भिन्न र टुटफुट हुँदैमा कांग्रेस मख्ख हुने बेला नआएको बताएका छन् ।
‘अरु फुटेर आफू बलियो देखिने हैन् । कांग्रेसले आफै भित्र बलियो हुनुपर्नेछ’, नेपाली कांग्रेस भिमादनगर कमिटिले बिहीबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकको विश्वास जितेर कांग्रेसले अत्याधिक बहुमत ल्याउनु प¥यो ।’
उनले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुइतिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको जिकिर थियो ।
मौसम कहिले घमाइलो त कहिले बादल लाग्ने उदाहरण दिँदै वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हाँसिल गरेको थियो तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केबल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्रा टुक्रा भएको छ ।’





