शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ र म्याग्दी जोड्न झोलुंगेपुल बन्ने

बागलुङ र म्याग्दी जोड्न झोलुंगेपुल बन्ने


  • Dhorpatan News
  • कार्तिक ५ २०७८, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगेपुल निर्माणको काम सुरु भएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवत जावतमा सहजताकालागि पुल निर्माण थालिएको हो ।

नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठुलो खोलामा पुल निर्माण थालेको हो । चालु आर्थिक बर्षमा बिनियोजित बजेटबाट काम हुने गरी निर्माण कम्पनी छनौट भएर काम थालिएको हो । ३ सय ८८ मिटर लामो र १ सय मिटर अग्लो पुल निर्माणको जिम्मेबारी ‘थानी हिमशिखर जेभीले पाएको छ । ३ करोड रुपैयाँ लागतमा उक्त पुल निर्माण हुने भएको हो ।
असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरुहुन्छ’ कम्पनीका प्रतिनिधि नरहरी खड्काले भने ‘बिबाद नभए तोकिएको समय अगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँमा ल्याउनका लागिपुल महत्वपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुव बहादुर केसीले बताए ।

दैनिक सयौं सर्वसाधारण ओहोर दोहोर गर्ने ठुलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा चार मिनेटमा छोटिने छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ’ म्याग्दीका सांसद भुपेन्द्र थापाले भने ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्को तर्फको फउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, बिबाद नगरी काम गरे समयमा पुल बन्छ, सबैलाई सजिलो हुन्छ ।’ पुल निर्माणका लागि थापाले पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । पुल दुई जिल्लाको मितेरी सिमा हुने सर्वसारणको आशा छ । पुल बनेमा रत्नेचौरमा उत्पादन हुने तरकारी बजारीकरण र पैदल मार्गहुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सांसारकै लामो झोलुंगेपुल निर्माण गरेको कम्पनीलेनै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको छ । लामो पुल तोकिएको समय भन्दा केही महिना अघिनै निर्माण सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->