बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भेट्रान्स मेयरकपमा पोखरा ११ को सहज जित

भेट्रान्स मेयरकपमा पोखरा ११ को सहज जित


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७८, मंगलबार

पोखरा,९ असोज– मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा पोखरा ११ ले सहज जित निकालेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा जारी लिग अन्तरगत पोखरा ११ भेट्रान्सले आफ्नो पहिलो खेलमा श्रीकुमारी भेट्रान्सलाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।

पोखरा ११ को जितमा विजय गुरुङ र मनोज गुरुङले ह्याट्रिक गरे । यस्तै संजय गुरुले १ गोल गरे । जित संगै पोखराले स्पष्ट ३ अंक जोड्न सफल भएको छ । खेलको म्यान अफ दि म्याच पोखराका कप्तान इश्वर गुरुङ (चन्द्र) घोषित भए । उनले ट्रफि हात पारे ।

जितसंगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको टिम संयोजक हिटलर घलेले जानकारी दिए । अब पोखराले ११ गते झम्सीखेल भेट्रान्ससंग भिड्नेछ । असोज ६ गतेदेखि सुरु लिग १६ गतेसम्म संचालन हुनेछ ।

पोखरा ११ मा टिम संयोजक हिटरल घले, इश्वर गुरुङ (चन्द्र), विजय गुरुङ, खिम गुरुङ, गंगा तामाङ, राजु तामाङ, संजय गुरुङ, महेन्द्र गुरुङ, सूर्य पुन, नरेन्द्र गुरुङ, सुरज गुरुङ, लक्षु गुरुङ, दिलिपराय माझी, मनोज गुरुङ, शंकर केसी, दिपेन्द्र तामाङ, दिलिप गुरुङ र कन्या गुरुङ रहेका छन् ।

लिगमा देशभरका २१ भेट्रान्स टिमको सहभागिता रहेको छ । पोखरा समूह जी मा रहेको छ । समूह जी मा पोखरा सहित श्री कुमारी भेट्रान्स र झम्सीखेल भेट्रान्स रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख ५० हजार रुपैँया सहित दुबै टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लिग चरणका खेल ११ गते सकिनेछन् । १२ गते नकआउट चरणका खेलहरु हुनेछन् । १४ गते सेमिफाइनल तथा १६ गते फाइनल खेलहुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->