शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।

असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पु¥याएका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन् । बाढी पहिरोले घर पूर्ण क्षति पु¥याउनेहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सधैं साथमा रहेको बताए । बाढी पहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढी लगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ति आएको भन्दै यी विपत्तीलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए । बाढीले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण र बाटोघाटोको प्रवन्धका लागि उनले ध्यानाकर्षण गराए । असारको सुरुमै सिक्लेसको पहिरोले परी भेडीगोठमा क्षति पुगेको भन्दै राहतको लागि प्रदेश सरकारसँग आग्रह गरे ।

गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन् । समस्याको दीर्घकालीन रुपमा समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । संविधान सभा सदस्य तेजकुमारी पौडेलले बाढीले क्षति पु¥याएपछि आफूहरु स्थलगत अनुगमनमा पुगेको र राहतका लागि पहल गरेको उल्लेख गरिन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताए । बाढीपहिरोले घर पूर्ण क्षति पु¥याउनेका हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह आग्रह गरे ।
उक्त अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->