शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आजदेखि दैनिक १० घन्टा बन्द

आजदेखि दैनिक १० घन्टा बन्द


  • हरिकृष्ण गौतम
  • कार्तिक १२ २०७८, शुक्रबार

बेनी/ गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहीबारदेखि अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन बन्द र काम गर्ने गरी बिहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सीमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एक साथ आवतजावत गर्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

राईका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै, बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म बाटो खुल्ला रहने छ ।

उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए। काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम समेत गर्ने गरिन्छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ। झन्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->