शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बलात्कार आरोपी पक्राउ परेनन्, ‘घरभित्रै छिरे, बर्वाद पारे’

बलात्कार आरोपी पक्राउ परेनन्, ‘घरभित्रै छिरे, बर्वाद पारे’


  • ढोरपाटन संबाददाता
  • कार्तिक १४ २०७८, आइतबार

बेनी /बेनी नगरपालिका ५ कि २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत हुँदा पनि आरोपी पक्राउ पर्न नसकेको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका ३ युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको हप्तादिन बितिसक्दा समेत आफ्नो आरोपी पक्राउ नपरेको बताएकी हुन् ।

पीडित ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन् । पीडित महिलाले राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै सहयोग मागेजस्तै गरी पालैपालो बलात्कार गरेको आरोप लगाएकी छन् । ‘मैले घरभित्र प्रवेश गर्न नदिएपछि एक्कासि झ्याल फोडेर भित्र पसेर छोराछोरीलाई कुटपिट गरे अनि मलाई पालैपालो बलात्कार गरे,’ उनले भनेकी छन् ।

घटनाको दुईदिनसम्म महिलालाई पीडकका आफन्तले अघोषित रुपमा गाउँबाट बेनीसम्म आउन नदिएको समेत महिलाको आरोप छ । घटनाको दुई दिनपछि कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भएको थियो ।
पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ । आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता बितिसक्दा पनि घटनामा संलग्न पक्राउ नपरेकोमा उनी थप त्रसित भएकी छन् । पीडित महिलाका श्रीमान खाडीमुलुकमा रोजगारीमा संलग्न छन् ।

पीडित महिलालाई प्रलोभनमा पारी वा डराई, धम्क्याई गरी घटनालाई तोडमोड गर्ने चिनजान, छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ । यता, फरार आरोपितको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

‘घटनाको अनुसन्धान अगाडि बढिसक्यो, अब आर्थिक सहितको प्रलोभनले मुद्दा कमजोर हुँदैन,’ प्रनाउ राईले भने । उनले बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत बताए । तीनजना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटो सहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत उनले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->