शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा क्लबको स्वास्थ्य शिविर, न्यानो कपडा वितरण

युवा क्लबको स्वास्थ्य शिविर, न्यानो कपडा वितरण


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

बेनी/ बेनी नगरपालिका–६ मा अवस्थित युवा क्लबले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा डेढ सयले सेवा लिएका छन् ।

उच्च रक्तचाप र सुगरको निःशुल्क जाँच गरिएको हो । बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्य कर्मीहरुको सहयोगमा स्वास्थ्य जाँच गरी औषधि बितरण तथा आवश्यक परामर्श दिएको क्लबका अध्यक्ष मिलन जिसीले बताए । ‘गाउँका बृद्धबृद्धालाई निकै सहज भएको छ’, अध्यक्ष जिसीले भने, ‘क्लबको काम खेलकुद गतिविधि मात्रै सञ्चालन गर्ने होइन्, समुदायको दुःख सुखमा साथ पनि दिने हो ।’ उनका अनुसार सोही अवसरमा ४० जना जेष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा र बितरण गरिएको छ ।

शिविर तथा लत्ता कपडा वितरण कार्यक्रमको उद्घाटन गदैं वडाध्यक्ष कृष्णसिंङ बानियाँले युवा क्लवमार्फत् समुदायमा रचनात्मक कार्यलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘युवाहरू समाजका ऐना हुन्, युवाले सकारात्मक यात्राले समुदायलाई नै सही मार्गमा लैजान्छ’,वडा ध्यक्ष बानियाँले भने । क्लबले सोमबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->